सुवास नेम्वाङ सबैलाई सन्तुलित रुपमा मिलाएर लग्न सक्ने नेता हुनुहुन्थ्यो संविधान सभा उपाध्यक्ष पुर्णा सुवेदी

  ।   २०८० भाद्र २८, बिहीबार १३:३४

नेपालगन्ज । गत मंगलबार भदौं २६ गते निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको निधनको शोकमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा रहनुभएका पुर्णा सुवेदी यसरी सम्झनुहुन्छ, स्वर्गीय सुवास नेम्वाङलाई ।

संविधान सभाको अध्यक्ष, उपाध्यक्ष, अन्तरिम व्यवस्थापिका संसदको सभामुख र उपसभामुख भएर पनि हामीले एकै ठाउँमा काम गर्यौं । उहाँसंग काम गर्न त्यति अप्ठेरो भएन, सजिलो नै भयो, सिकाउनु हुन्थ्यो । एउटा वामपन्थी शालिन भद्र, नेकपा एमाले पार्टी भित्र पनि एउटा सन्तुष्ट नेता, सबैलाई सन्तुलित रुपमा मिलाएर लग्न सक्ने नेता उहाँ हुनुहुन्थ्यो । हामी निरन्तर छलफल, कुराकानी, सहकार्यमै रहेर काम गर्यौं । मेरो फोन त, जतिबेला पनि उठाउनु हुन्थ्यो । जुन बिषयलाई निष्कर्षमा पुर्याउन असाध्यै मिहीनेत गर्ने, अरुलाई बुझाउन, सहमत गर्न सक्ने उहाँको कार्यक्षमता थियो । उहाँको सहयोगमा मलाई पनि टिकाटिप्पणी गर्ने ठाउँ रहेन । राम्रै सँग हामीले पाएको जिम्मेवारी पुरा गर्यौं । उहाँसँग सहकार्य गरेर भएका कामहरुको स्मरण भईरहेको छ, घटना सुनेर स्तब्ध छु । हामी सबैले एउटा वामपन्थी नेता गुमाएको स्थिती छ । एक किसिमले अतुलनीय क्षति भएको मैले महसुस गरेको छु । अझै पनि उहाँको नेतृत्वको आवाश्यकता देशलाई थियो । मलाई त, अहिले पनि उहाँको निधन भए जस्तै लागेको छैन । सुन्दा मलाई शुरुमा विश्वास नै लागेको थिएन, नपत्यायर पनि भएन फेरी । उहाँ बिरामी भएर अस्पतालमा भेट गर्न जाने वातावरण पनि बनेन, अपरझट, इर्मेरजेन्सी निधन भयो । विशेष कारणवस, उहाँको अन्तिम विदाईमा सहभागी हुन सकिन, यस परिस्थितीमा दुखीत छु । पटकपटक उपाध्यक्ष सुवेदीले श्रद्धाञ्जली व्यक्त गर्नुभयो । सहकार्य र सहमति गर्न खप्पिस स्व। नेता नेम्वाङलाई गुमाउदा राष्ट्रले ठूलो क्षति भएको मैले महसुस गरेको छु, नेता उपाध्यक्ष सुवेदीले भावविह्वल हुँदै गुडन्युजसँगको कुराकानीमा बताउनु भयो । सँगै काम गर्दा कहिल्यै पनि तितो पनको अनुभव र महसुस गर्नु नपरेको भन्दै नेता सुवेदीले जिकिर गर्नु भयो ।

(नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा समेत रहनुभएका पुर्णा सुवेदी सँग गुडन्यूजका लागि डा।डक्ट प्रसाद धितालले गर्नुभएको कुराकानीमा आधारित ।)

Next Post

युनियन बाँकेको तीज महोत्सव सम्पन्न, लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत

२०८० भाद्र २८, बिहीबार १३:३४
नेपालगन्ज । नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ । तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलो पटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो । प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष नीशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य आशा विकको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा प्रेस […]