बाँकेमा एकजना कोरोना संक्रमितको निधन

  ।   २०७७ भाद्र १०, बुधबार ०६:४९

नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जना पुरुषको निधन भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका १ का ३७ वर्षीय पुरुषको गएराति निधन भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाकारी दिनुभयो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

Next Post

आज जोरको पालो बिजोर नम्बर प्लेटका गाडी ननिकाल्नुस

२०७७ भाद्र १०, बुधबार ०६:४९
बाँकेमा जोरबिजोरको नियम लागु भैरहेको छ भने आज बुधबार जोर नम्बरका गाडि मात्र चलाउन पाइने छ । जिल्ला प्रशासन कार्यालय बाँकेको सूचना अनुसार जिल्लाभित्र बिजोर नम्बरका सवारीसाधन चलाउन निषेध गरीएको हो । लकडाउनको बिकल्पका रुपमा बाँकेमा सवारीसाधन जोरबिजोर प्रणाली लागु गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनु भयो । बिशेष […]