केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  ।   २०७८ मंसिर ३, शुक्रबार ०७:१६

काठमाडौं । देशका केही भागमा आज वर्षा र हिमपात हुने भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक देखी सामान्य बदली रहने छ ।

आज राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

काठमाडौंको आज बिहान ६ बजेको तापक्रम ११।१ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे ११।१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । काठमाडौंमा आज दिनभर मौसमा बदली हुने छ ।

Next Post

राप्रपाले फेरि सार्‍यो महाधिवेशन

२०७८ मंसिर ३, शुक्रबार ०७:१६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ। यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ। अब मंसिरकै १५, १६ र १७ गते महाधिवेशन हुने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टीका अध्यक्षहरूबीच छलफलपछि महाधिवेशन केही पर […]

सम्बन्धित समाचार