कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई काठमाण्डौ बोलाइयो, मुख्यमन्त्री शाहीको पद तत्काललाई जोगियो

  ।   २०७७ आश्विन २७, मंगलवार २१:४५

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्य पदाधिकारी मुख्यमन्त्री शाही, नेता यमलाल कँडेललगायतलाई काठमाण्डौ बोलाएको छ ।

मङ्गलबार बालुवाटारमा छलफलपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई छलफलका लागि काठमाण्डौ बोलाउनुभएको हो ।

नेकपा पदाधिकारीहरुलाई दुई दिनभित्र काठमाण्डौ आउन भनिएको नेकपा स्रोतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका सांसदहरुले यसअघि अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप चुलिएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । माधव नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति भएसँगै अविश्वासको प्रस्तावको पक्षमा रहेका सात जना सांसद पछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

माधव नेपाल पक्षका नेताको साथ पाएपछि मुख्यमन्त्री शाहीले मङ्गलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको थियो ।

नेपाली प्रमुख सचेत बनेलगत्तै सचेतकमा शाह नियुक्त हुनुभएको हो । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले मुख्यमन्त्री शाहीको काम कारबाही सन्तोषजनक नभएको आरोप लगाएका छन् । शाही पूर्वमाओवादीको तर्फबाट कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । उज्यालो अनलाइन

Next Post

फ्रन्टलाइनमा कोभिड : हालसम्म देशभर ९८६ स्वास्थ्यकर्मी संक्रमित

२०७७ आश्विन २७, मंगलवार २१:४५
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै सबैभन्दा धेरै प्रभावित भएका छन्‌। संक्रमितहरूको प्रत्यक्ष निगरानी गर्नुपर्ने हुँदा धेरै अस्पतालका स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित हुन पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक तयार पारेको विवरण अनुसार हालसम्म देशभर ९८६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्‌। ​यो […]