बर्दिया मधुवनमा दुईदिने युवा भेटघाट कार्यक्रम सम्पन्न

  ।   २०८२ मंसिर १, सोमबार १३:०८

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवन १ मा दुई–दिने युवा भेटघाट÷परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

बालिका शसक्त परियोजनाअन्तर्गत सम्पन्न गरिएको सो कार्यक्रमको उद्देश्य युवाको विकासमा प्रभाव पार्ने प्रमुख मुद्दाहरू पहिचान गर्ने, समाधानमुखी संवाद प्रोत्साहन गर्ने तथा समुदायमा आधारित सामूहिक कार्यनीति निर्माण गर्ने रहेको थियो बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले साथै, कार्यक्रममा युवाहरूलाई उनका अधिकार, जिम्मेवारी, स्थानीय सरकारका सेवा तथा पहुँच बारे जानकारी गराउँदै, समुदायमा प्रचलित हानिकारक सामाजिक प्रथाहरू तथा लागुऔषध दुरुपयोग घटाउनेतर्फ सक्रिय सहभागिता बढाउने रहेको पनि बताउनुभयो ।

कार्यक्रममा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले युवाहरू तथा किशोरी क्लबका सदस्यहरूबीच सहयोग, समन्वय र सामूहिक विकास अपरिहार्य रहेको बताउँदै, यस्तो कार्यक्रमले युवामा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न टेवा पुग्ने उल्लेख गर्नुभयो । सो अवसरमा बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले परियोजनाका उद्देश्यहरूबारे जानकारी दिँदै बालअधिकार र विकासका क्षेत्रमा आफूले विगतमा प्राप्त गरेको अनुभव साझा गर्नुभयो । उहाँले जिल्ला–स्तरको बालविवाह मुक्त घोषणा र त्यसमा स्थानीय तह तथा वडा कार्यालयहरूसँग प्रभावकारी समन्वय आवश्यक रहेकोमा विशेष जोड दिनुभयो । सो कार्यक्रममा बर्दियाको मधुवन नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी क्लब तथा युवा समूहका ३० जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण कुसुम केसीले गर्नुभएको थियो भने सञ्चालन विजय शर्माले गर्नुभएको थियो ।

Next Post

बर्दियामा हरित अर्थतन्त्र र फोहोर व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सम्पन्न

२०८२ मंसिर १, सोमबार १३:०८
नेपालगन्ज । बाँके युनेस्को क्लबद्वारा बर्दियाको राजापुर नगरपालिकामा तीन दिने हरित अर्थतन्त्र र फोहोर व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरिएको छ । क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत “फोहरलाई मोहर” भन्ने मुख्य नाराका साथ आयोजित सो तालिममा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाबाट १५÷१५ गरी कुल ३० जना […]

सम्बन्धित शीर्षक