बाँके जिल्लाबाट आज थप १९ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ आश्विन ८, बिहीबार ०७:१७

बाँके । बाँके जिल्लाबाट आज (बिहीबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका १९ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ४ जना महिला र १५ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार ३५६ पुगेको छ ।

बाँकेमा हालसम्म एक हजार ७०२ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ११ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३४० जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७९.६७ प्रतिशत, मृत्यु दर ०.६५ प्रतिशत र रोगको प्रकोप दर ०.२८ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

भारतीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोनाका कारण ज्यान गयो

२०७७ आश्विन ८, बिहीबार ०७:१७
काठमाण्डौ । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीट गर्नुभएको छ । ईमेजखबर

सम्बन्धित शीर्षक