श्रमको ज्याला माग्न आन्दोलन नै गर्नुपर्ने बाध्यता

नर्सिङ्ग प्रशासकले साथ नदिएको गुनासो, अस्पताल प्रशासन–ब्यवस्थापनको धम्की

  ।   २०७८ श्रावण ३, आईतवार १९:३०

संवाददाता, नेपालगंज ।
लगातार ३ दिन यतादेखी नेपालगंज मेडिकल कलेजका स्वास्थ्यकर्मी, कर्मचारी तलव माग्दै आन्दोलनमा छन । अस्पताल घाटामा गएको, शेयर विक्री हुन लागेको चर्चाका बीच शुरु भएकोे यसपटकको आन्दोलन विगतको भन्दा कडा बनाउदै लैजाने आन्दोलनरत पक्षको योजना छ ।

स्वास्थ्यकर्मी, कर्मचारीले अस्पताल प्रशासन, ब्यवस्थापन समक्ष ६ बुँदे माग अघि सारेका छन ।

जसमा २०७५ मंसिर देखी २०७७ असार सम्म काटेको सामाजिक सुरक्षा बापतको ३१ प्रतिशत रकम फिर्ता गर्नुपर्ने, उपदान बापतको रकम फिर्ता गर्नुपर्ने, फरक तलव बापतको रकम फिर्ता गर्नुपर्ने, कोभिडको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, ३ महिनाको तलव उपलब्ध गराउनुपर्ने र १६ जना कर्मचारीको पुर्नवहाली हुनुपर्ने माग रहेका छन ।

नर्सिङ्ग प्रशासकले साथ नदिएको गुनासो
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत नर्सिङ्ग फाँटका स्वास्थ्यकर्मी, कर्मचारीहरुले अस्पतालका प्रमुख नर्सिङ्ग प्रशासक (मेट्रोन) ममता शर्माले आफना मागहरुका सम्बन्धमा सहयोग नगरेको गुनासो गरेका छन ।

उनीहरुले आन्दोलन गरिरहेकै मञ्चबाट नर्सिङ्ग प्रशासकले हामीलाई साथ दिनुभएन, भन्दै गुनासो समेत पोखेका हुन । आफु मातहतका स्वास्थ्यकर्मी, कर्मचारीलाई समस्या पर्दा केही नबोलिदिएको आन्दोलनरत पक्षको भनाई छ ।

काममा खटाउँदा निकै कडा स्वभावले प्रस्तुत हुने नर्सिङ्ग प्रशासक तलव माग्दा भने चुपचाप लुकेको उनीहरुको आरोप छ । यसै गरी अस्पतालका अन्य जिम्मेवार ब्यक्तिहरु पनि कर्मचारीको माग र आन्दोलनबाट भाग्न खोजेको उनीहरुको तर्क छ ।

अस्पताल प्रशासन, ब्यवस्थापनको धम्की
लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमीटेड अन्र्तगत रहेको नेपालगंज मेडिकल कलेजले आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीलाई धम्कीपुर्णशैलीले आन्दोलन फिर्ता लिन भनेको खुलासा भएको छ ।

साउन २ गते जारी गरिएको एउटा पत्र अनुसार ‘पूर्व जानकारी नदिई विधि विधान विपरित अकस्मात तालावन्दी गरी ब्यवस्थापन र कर्मचारी बसी छलफल गर्नुपर्नेमा संस्था भन्दा बाहिरका ब्यक्ति बोलाई नारा, जुलुस, अभद्र ब्यवहार, अपशब्द प्रयोग गरेको भन्दै खेद प्रकट गर्दछ ।’ भनिएको छ ।

बन्द नखोलीए यसअघिको सहमति अनुसार साउन ७ गते बस्ने भनिएको वार्तामा नबस्ने र तालावन्दी अवधिको तलव भत्ता पनि नदिने चेतावनी समेत दिएको छ ।

कत्ति छन कर्मचारी ?
प्राप्त केही विवरणहरु अनुसार नेपालगंजमा मात्र करिब साढे सय जति स्वास्थ्यकर्मी, कर्मचारी कार्यरत छन । कोहलपुर, चिसापानी समेत गरी करिब १ हजार ४ सयको हाराहारीमा कर्मचारीहरु रहेको उल्लेख छ ।

मेडिकल कलेजमा तलव माग्दै स्वास्थ्यकर्मी, कर्मचारीले आन्दोलन गरेको घटना यो पहिलो भने होइन ।

विगतमा पनि यस्तै धेरै पटक आन्दोलन भएका थिए । ति आन्दोलनका घटना श्रम कार्यालय, स्थानीय प्रशासन सम्म पनि पुगेका उदाहरण पनि छन । यस पटकको आन्दोलन भने अलि केही फरक किसिमको देखिन्छ ।

शुभेक्छुकको चासो
नेपालगंज मेडिकल कलेज नीजि क्षेत्रमा संञ्चालित यस क्षेत्रकै ठुलो र सुविधा सम्पन्न अस्पताल पनि हो । त्यसै कारण पनि यहाँ आउने बिरामीको संख्या बढी छ ।

लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश सगैं छिमेकी देश भारतका सिमावर्ति जिल्लाका सर्वसाधारण स्वास्थ्य उपचारका लागी यहाँ आउने गर्दछन । अहिले कोभिडको जोखिमकै बीच बिरामीको चाप भइरहने मेडिकल कलेजमा स्वास्थ्यकर्मी, कर्मचारीहरुको आन्दोलन शुरु भएपछि शुभेक्छुक जनले चिन्ता ब्यक्त गर्न थालेका छन ।

बाँकेका एक जना राजनीतिक कर्मी रत्न खत्रीले आफनो सामाजिक संञ्जाल फेसबुक मार्फत ‘अस्पताल कर्मचारी ब्यवस्थापकको जुँगाको लडाईका कारण जनताको जीवनलिला समाप्त गर्ने स्थल नबनोस । यो मामला दुई थरीको मात्र होइन सरोकारवाला हामी सबैको हो । भनेर आफनो ठाउँबाट यो बिषयमा हस्तक्षेप गरौं, जनताको जीवनको रक्षा गरौं ।’ भन्दै स्टाट्स लेख्नुभएको छ । अपडेट…

यो पनि पढ्नुहोस ।

‘आफु खाएर कर्मचारीलाई शोषण गर्न पाइन्छ ? : स्वास्थ्यकर्मी, कर्मचारी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

२०७८ श्रावण ३, आईतवार १९:३०
एजेन्सी । विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ […]