विकासमा कसैले राजनीति नगरौं : मन्त्री नमुना

  ।   २०७९ फाल्गुन १५, सोमबार १८:१४

संवाददाता, खजुरा

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना) ले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका स्थित सैनिकमा आज ४१ औं मगर संघ स्थापना दिवस तथा मगर एकता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विकासमा राजनीति नभएर सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले खजुरा क्षेत्रको विकासका लागी आफुले पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

नेपालमा अहिलेको व्यवस्था परिवर्तनमा मगर समुदायको समेत महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालमा मात्र नभएर विदेशी भूमीमा समेत मगर समुदायको आफ्नै प्रतिष्ठा रहेको बताउनुभयो ।

Next Post

उपाध्यक्ष बि.सी.को प्रशिक्षणमूलक पुस्तक नेताहरुको हातमा पुग्यो

२०७९ फाल्गुन १५, सोमबार १८:१४
संवाददाता, नेपालगंज । नेकपा (एमाले) बाँके जिल्ला कमिटी उपाध्यक्ष डिल्ली बि.सी.को लेखन, संकलन तथा सम्पादनमा तयार पारिएको पुस्तक गन्तव्य सोमबार मिसन ग्रासरुट अभियान केन्द्रीय नेताहरुलाई हस्तान्तरण गरिएको छ । बाँके जिल्लामा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का लागि बाँके जिल्लामा आउनु भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य लक्ष्मण […]

सम्बन्धित समाचार