(नेकपा) प्रचण्ड–नेपाल पक्ष प्रेस सगठन नेपाल बाँकेको ८ फागुनमा जिल्ला भेला

  ।   २०७७ फाल्गुन ४, मंगलवार १३:५५

संवाददाता, नेपालगंज ।
यहि फागुन ८ गते प्रेस संगठन नेपाल बाँकेको जिल्ला भेला बोलाईएको छ । सोमबार नेपालगन्जमा सम्पन्न प्रेस संगठन नेपाल जिल्ला कार्यसमितिको बैठकले जिल्ला भेला गर्ने निर्णय गरेको हो ।

बैठकले प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धितालको नेतृत्वमा जिल्ला भेला आयोजना तयारी समिति समेत गठन गरेको छ ।

जसको सदस्यहरुमा राजेश आचार्य, संगिन शर्मा, क्षेत्रनाथ देवकोटा, जयपती ढकाल, कृष्ण ओली र दिनेश ठाकुर रहनुभएको छ ।

संगठनका संयोजक डक्ट धितालको अध्यक्षतामा बसेको बैठकले संगठनलाई थप मर्यादित, सुदृढ र शसक्त बनाउँदै आगामी रणनिति तय गर्ने उद्धेश्यले जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको संयोजक धितालले जानकारी दिनुभयो ।

बैठकले पुष ५ गते केपी ओली नेतृत्वको सरकारले गरेको संसद विगठनप्रति खेद समेत ब्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको शुभेक्छुक संगठन प्रेस सगठन नेपालले कार्यसमितिमा जावेद अहमद शाह, दिनेश ठाकुर र जयपति ढकाललाई मनोनित पनि गरेको जनाएको छ ।

Next Post

अब कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था

२०७७ फाल्गुन ४, मंगलवार १३:५५
संवाददाता । सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ । शिक्षा नियमावलीको नवौं संशोधन गरेर कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने प्रावधान हटाएको हो । मूल नियमावलीको ८० मा ‘महामारी वा यस्तै अन्य विपद्का कारण पठन […]