उपाध्यक्ष बि.सी.को प्रशिक्षणमूलक पुस्तक नेताहरुको हातमा पुग्यो

  ।   २०७९ फाल्गुन १६, मंगलवार १७:०२

संवाददाता, नेपालगंज

नेकपा (एमाले) बाँके जिल्ला कमिटी उपाध्यक्ष डिल्ली बि.सी.को लेखन, संकलन तथा सम्पादनमा तयार पारिएको पुस्तक गन्तव्य सोमबार मिसन ग्रासरुट अभियान केन्द्रीय नेताहरुलाई हस्तान्तरण गरिएको छ ।

बाँके जिल्लामा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का लागि बाँके जिल्लामा आउनु भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली र भिम के.सी.लाई प्रशिक्षणमूलक पुस्तक उपाध्यक्ष बि.सी.ले हस्तारण गर्नु भएको हो । लेखक बि.सी. नेकपा (एमाले) बाँकेका स्कुल विभाग प्रमुख पनि हुनु हुन्छ ।

बाँके जिल्लामा केन्द्रबाट अभियानको सहजीकरण तथा अगुवाइ गरेर आउनु भएका लुम्बिनी प्रदेश कमिटीका सहइन्चार्ज ज्ञवालीलाई बाँकेको डुडुवा गाउँपालिकामा जिल्ला पार्टी अध्यक्ष किस्मत कुमार कक्षपति लगायतका नेताको उपस्थितीमा र अर्का नेता केसीलाई जिल्ला पार्टी कार्यालयमा बि.सी.ले हस्तारण गर्नु भएको छ ।

पुस्तकमा पार्टी विधानमा व्यवस्था भए अनुसारका प्रावधान, जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली समाजको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज), लेलिनवादी संगठनात्मक सिद्धान्त, जनवर्गिय संगठन संचालन निर्देशिका, नेतृत्व विकास जस्ता प्रशिक्षणमूलक विषयवस्तु सहितको संगालोको रुपमा पुस्तक तयार पारिएको उपाध्यक्ष बि.सी.ले जानकारी दिनु भयो ।

पुस्तक विशेषगरी मिसन ग्रासरुटमा पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र नेतृत्व क्षमताबृद्धिका लागि प्रशिक्षकलाई सहयोगी हुने सामग्री रहेका छन् । पुस्तक ग्रहण गर्दै केन्द्रीय सदस्य केसीले यसले अभियानमा सहयोगी हुने र अध्ययनको संस्कारलाई बृद्धि गर्ने बताउनु भयो ।

यो पुस्तक नेकपा (एमाले) का नेता कार्यकर्ताका साथै एमाले बारे जान्नबुझ्न चाहने सबैका लागि सहयोगी बन्ने विश्वास लिईएको छ ।

Next Post

किसानलाई पशु पालन तर्फ आकार्षण बढाउन सुत्केरी पशु स्याहार तथा पोषण कार्यक्रम मार्फत सहयोग

२०७९ फाल्गुन १६, मंगलवार १७:०२
संवाददाता, खजुरा । बाँकेको खजुरा गाउँपालिकाले सुत्केरी पशु स्याहार तथा पोषण कार्यक्रम मार्फत किसानलाई पशु पालन तर्फ आकार्षण बढाउन सहयोग गर्न थालेको छ । जसमा प्रति एक गाई वा भैसी सुत्केरी हुँदा १ हजार ५ सय रुपैयाँ किसानलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने गरिएको छ । चालु आर्थिक बर्ष २०७९-०८० को बार्षिक […]