किसानलाई पशु पालन तर्फ आकार्षण बढाउन सुत्केरी पशु स्याहार तथा पोषण कार्यक्रम मार्फत सहयोग

  ।   २०७९ फाल्गुन १७, बुधबार १५:०३

संवाददाता, खजुरा ।

बाँकेको खजुरा गाउँपालिकाले सुत्केरी पशु स्याहार तथा पोषण कार्यक्रम मार्फत किसानलाई पशु पालन तर्फ आकार्षण बढाउन सहयोग गर्न थालेको छ ।

जसमा प्रति एक गाई वा भैसी सुत्केरी हुँदा १ हजार ५ सय रुपैयाँ किसानलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने गरिएको छ । चालु आर्थिक बर्ष २०७९-०८० को बार्षिक बजेट कार्यक्रममा ब्यवस्था गरिए बमोजिम मंगलबार मात्रै पालिका भित्रका ७ सय २ जना पशुपालक किसानले १० लाख ५३ हजार रुपैयाँ प्राप्त गरेका छन ।

प्रोत्साहन रकम हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान), आर्थिक तथा कृषि संयोजक गरिबे शेष, पशु तथा कृषि समिति सदस्य यमुना घर्ति (परियार), वडा नम्बर ३ का अध्यक्ष पूर्ण बहादुर भण्डारी, पशु तथा कृषि समिति सदस्य लिला सुनार लगायतको उपस्थिती रहेको थियो ।

पुरन परियारको सहयोगमा…

Next Post

‘सय दिनसम्म पर्खन्छु, ठोस परिणाम चाहियो । होइन भने गाडीको गेयर चेन्ज हुन्छ’ : मन्त्री सुदन किराँती

२०७९ फाल्गुन १७, बुधबार १५:०३
संवाददाता, नेपालगंज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू दुईवटा मात्र सरकारी जहाजको मन्त्री हुँ भन्दा लज्जित भएको बताउनुभएको छ । नेपालगन्ज विमानस्थलमा निर्माणाधीन अवस्थामा रहेको नयाँ टर्मिनल भवनको आज अनुगमन तथा निरीक्षण गर्न आउनुभएका उहाँले यस्तो बताउनुभएको हो । प्रेस सेन्टर नेपाल बाँके शाखाले विमानस्थलमै आयोजना गरेको पत्रकार […]