आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने

  ।   २०७७ आश्विन २९, बिहीबार ०९:०१

काठमाण्डौ । आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भई एक/दुई ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति पनि प्रदेश १ का एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । आजको तुलनामा भोलि र पर्सि अलि धेरै पानी पर्ने मौसमविद् प्रधानाङ्गले पूर्वानुमान गर्नुभएको छ । तर ठूलो वर्षा र झरीको संभावना भने नरहेको उहाँको भनाइ छ । उज्यालो अनलाइन

Next Post

सह–सचिव र उप-सचिवसहित ६ सय ३८ पदको लागि विज्ञापन खुल्यो

२०७७ आश्विन २९, बिहीबार ०९:०१
काठमाण्डौ । लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ । आयोगले राजपत्रांकित प्रथम श्रेणी सह–सचिव र द्वितीय श्रेणी उप–सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह–सचिव १ सय ८२ तथा उप-सचिव ४ सय ५६ पदका लागि विज्ञापन खुलेको हो […]

सम्बन्धित शीर्षक