अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा ट्रम्पलाई अघि सार्ने रिपब्लिकन पार्टीको निर्णय

  ।   २०७७ भाद्र ९, मंगलवार ०७:२७

एजेन्सी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उम्मेदवारीलाई रिपब्लिकन पार्टीले औपचारिकता दिने भएको छ ।

रिपब्लिकन पार्टीको चार दिने भेलाले ट्रम्पको उम्मेदवारीलाई औपाचारिकता दिने भएको हो ।

रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई डेमोक्र्याट पार्टीका उम्मेदवार जोन बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।

ट्रम्पले भने आफनो पकड बलियो रहेको भन्दै आफनो जीत सुनिश्चित भएको दाबी दोहोर्याउँदै आउनु भएको छ ।

फक्स न्युजलाइ अन्तवार्ता दिने क्रममा ट्रम्पले अमेरिकी जनताको आफूलाई पुर्ण साथ र सहयोग रहने बिश्वास ब्यक्त गर्नुभएको छ ।

विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ ।

उहाँले यसअघि अघि सार्नु भएका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ ।

यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनको प्रचार प्रसार भने कोभिडका कारण खुम्च्याईएको छ । ईमेजखबर

Next Post

भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनियाकै निरन्तरता

२०७७ भाद्र ९, मंगलवार ०७:२७
काठमाण्डौ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ । पार्टीमा पूर्णकालिन नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै झण्डै एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको बीबीसीले जनाएको छ । तत्कालिन […]