एमाले बाँकेमा बिष्णु पौडेल निकटका निरक गुरुङ बिजयी

  ।   २०८१ जेष्ठ ७, सोमबार १३:३७

नेपालगन्ज । एमालेको नवौं जिल्ला अधिवेशनबाट बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ ।

सोमबार बिहान सम्पन्न मत गणनाको नतिजा अनुसार गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

पूर्वपत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ थियो भने गुरुङलाई उपाध्यक्ष बिष्णु पौडेलको साथ रहेको थियो ।

निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी हुनुभएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहनुभएका खत्री बिजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रवीन्द्र लम्साल हुनुहुन्थ्यो ।

सचिवमा बलराम भट्टराई विजयी हुँदा खिलप्रसाद भुसाल प्रतिद्वन्द्वी हुनुभयो । त्यस्तै उपसचिव महिलामा निर्मला सुनार विजयी हुनुभएको छ भने अर्का उपसचिवमा किशोर थापा विजयी हुनु भएको छ ।

Next Post

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

२०८१ जेष्ठ ७, सोमबार १३:३७
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताउनुभयो । “अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो […]