आईपीएलमा दिल्ली तेस्रो स्थानमा झर्यो, हैदरबादसँग ८८ रनले पराजित

  ।   २०७७ कार्तिक १२, बुधबार ०६:३४

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ ।

राति भएको खेलमा सनराइजर्स हैदरबादासँग ८८ रनले पराजित भएपछि दिल्ली तेस्रो स्थानमा झरेको हो । हैदराबादले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १ सय ३१ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

जितसँगै १० अंक बनाउँदै हैदराबादले तालिकामा पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । उसको प्ले अफमा पुग्ने सम्भावना कायमै छ । यस्तै हारेको दिल्ली १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई इन्डियन्स तालिकाको शीर्ष र रोयल च्यालेन्जर्स बेङ्ग्लोर दोस्रो स्थानमा छन् ।

Next Post

यूरोपमा कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या ४० प्रतिशतले बढ्यो

२०७७ कार्तिक १२, बुधबार ०६:३४
एजेन्सी । यूरोपमा कोरोना भाइरसको सङ्क्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या एक हप्तामै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड र रुसमा सङ्क्रमितको संख्या एक तिहाइले बढेको र ज्यान गुमाउनेको संख्या झण्डै ४० प्रतिशतले बढेको डब्ल्यूएचओकी प्रवक्ता डाक्टर मारगेरेट ह्यारिसले बताउनुभयो । उहाँले […]

सम्बन्धित शीर्षक