ब्याजदर नघटाय आन्दोलन गर्ने नेपालगन्ज उद्योग बाणिज्य संघको चेतावनी

  ।   २०७९ आश्विन ६, बिहीबार २३:३७

नेपालगन्ज । राष्ट्र बैंकले निर्धारण गरेको ब्याजदरमा गरेको वृद्धिको बिरोधमा  व्यवसायीहरुले विभिन्न आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहिवार नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा सो आन्दोलन गर्ने घोषणा गरिएको हो ।

बैंक तथा वित्तिय संस्थाहरुले असोज १ गते देखि लागु हुने गरि ब्याजदरमा गरेको वृद्धिले कर्जाको ब्याजदर आकासिने भएपछि व्यवसायीहरु मर्कामा पर्ने ठहर गरि आन्दोलनमा उत्रिन बाध्य भएको कुरा नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताउनु भयो । उद्योग बाणिज्य संघको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नको उत्तर दिदैँ संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ॠण (सावा/ब्याज) असुलीका नाममा बैंकहरुले अकस्मात व्यवसायीलाई ७ दिने सुचना पठाई आतंकित बनाई रहेको बताउँनु भयो । अध्यक्ष मन्सुरीले भन्नुभयो, ´ यतिखेर व्यवसायी सारै मर्कामा परेका छन् । एकातिर ब्यापारमा गिरावट आएको छ भने अर्कोतिर यस्तो अवस्थामा राष्ट्र बैंकले ब्याजदरमा वृद्धि गरेको छ । हामी व्यवसायी मर्कामा परेका छौँ ।` कोरोना कहरका कारण ब्यापार व्यवसायमा गिरावट आएको बेला आकाशियको ब्याजदरले व्यवसायी मात्र नभई सर्वसाधारणको समेत ढाड सेकेको पत्रकार सम्मेलनमा उपस्थित अधिकांश व्यवसायीले बताए ।

खुला सिमाबाट अवैध आयातसँगै सस्तो लोभमा परि सिमा पारी जाने उपभोक्ताका कारण स्वदेशी बजार ठप्प भएको गुनासो व्यवसायीको छ । २० प्रतिशत मात्र ब्यापार भएको बेला राज्यले आफूमाथि अन्याय गरेको भन्दै चर्को ब्याजदर नियन्त्रण, खुला सिमा नाकाका कारण उत्पन्न हुने समस्या समाधानका लागि सरोकार वाला निकायलाई गम्भीर ध्यानाकर्षण गराउन चरणबद्ध विभिन्न आन्दोलन गर्ने चेतावनी नेपालगन्ज उद्योग बाणिज्य संघले दिएको छ । सरोकारवाला निकायलाई दबाब दिन संघले असोज ७ गते बिहान १० बजे राष्ट बैंक नेपालगन्ज कार्यालय अगाडि एक घण्टा धर्ना एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । यस्तै अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगन्ज भन्सार कार्यालय, जमुनाह नाकामा उपभोक्ता सचेतना एवंम दबाबमूलक कार्यक्रम असोज ८ गते सनिवार बिहान ८ बजे गर्ने जनाएको छ ।

Next Post

नरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया

२०७९ आश्विन ६, बिहीबार २३:३७
बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम भएको छ । पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण […]

सम्बन्धित समाचार