स्वर्गीय सीता दाहालको स्मृति दिवसमा अध्यक्ष प्रचण्डको मानव सेवा आश्रममा उपस्थितिः मानवीय सेवामा माओवादीको निरन्तर साथ रहने प्रतिबद्धता

  ।   २०८२ असार २७, शुक्रबार २३:२६

काठमाडौं ।  समग्र माओवादी आन्दोलनकी अभिभाविका स्वर्गीय सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मानव सेवा आश्रम, रानीवन पुग्नु भयो ।

उहाँले आश्रममा आश्रित वृद्धवृद्धा तथा असहाय महानुभावहरूसँग आत्मीयता प्रकट गर्दै शुभेच्छा आदानप्रदान गर्नुभयो र उहाँहरूसँगै भोजन गरि सादगीपूर्ण सहभागिता जनाउनु भयो।उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, आश्रमद्वारा सञ्चालित सेवामूलक कार्यमा सवारी साधनको व्यवस्था लगायत आवश्यक सहयोगका पक्षमा नेकपा माओवादी केन्द्रको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष प्रचण्डले मानव सेवा आश्रमले राष्ट्रभरि गरिरहेको मानवीय कार्यलाई अत्यन्त सकारात्मक, प्रेरणादायी र समाजमा आदर्श स्थापित गर्ने खालको कार्यको रूपमा मूल्याङ्कन गर्दै सबैले यसप्रति सम्मान प्रकट गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “यस्ता सेवामूलक कार्यहरूले समाजमा मानवता, करुणा र सामाजिक उत्तरदायित्वको सन्देश दिन्छन्। हामी सबैले यसमा सक्दो सहयोग र सहकार्य गर्नु जरुरी छ।”

स्वर्गीय सीता दाहालको स्मृतिमा आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू तथा सेवाग्राहीहरूको सम्मानजनक उपस्थिति रहेको थियो।

Next Post

१२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन लाग्नुभएका खेलाडीहरूलाई लियानाबाट सम्मानपूर्वक बिदाई

२०८२ असार २७, शुक्रबार २३:२६
सबिता चन्द नेपालगन्ज। आउँदो जुलाई १६ देखि १९ तारिखसम्म थाइल्याण्डको पटायामा आयोजना हुने १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाउनुभएका दुईजना खेलाडीहरूलाई लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर, नेपालगन्जको आयोजनामा एक विशेष कार्यक्रममार्फत बिदाई गरिएको छ। उक्त प्रतियोगिताका लागि नेपालगञ्जमा सम्पन्न दोस्रो राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइबिपी च्याम्पियनसिपबाट […]