नेकपा माओवादी केन्द्र नेपालगन्ज दुई नम्बर कमाण्डको बैठक सम्पन्न

  ।   २०७९ भाद्र २५, शनिबार २२:४३

              नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समिति दुई नम्बर कमाण्डको बैठक सम्पन्न भएको छ । दुई नम्बर कमाण्ड अन्तर्गत नेपालगन्ज ५, ६, ८, ९, १०, ११ वडा रहेका छन् ।

होटल द्रव्य कुटिरमा भएको बैठक मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचन केन्द्रित रहेको कमाण्ड इन्चार्ज वसन्त मल्लले बताउनु भयो । पार्टी जिताउन मरेर लाग्न नगर अध्यक्ष रतन शाहीले निर्देशन दिनुभयो । पार्टी लुम्बिनी प्रदेश सदस्य मिना चदराले पनि कमाण्डलाई लाग्न निर्देशन दिनुभएको छ । सो बैठकले यहि असोज ६ गते सम्म, टोल र वडा समितिका बैठक सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको कमाण्ड इन्चार्ज तथा नगर उपाध्यक्ष मल्लले बताउनु भयो ।

बैठकमा प्रदेश सदस्य मिना चदरा, नगर अध्यक्ष रतन शाही, नगर उपाध्यक्ष तरा (प्रमेश) रेग्मी/खत्री लगायत नगर सदस्यहरुको उपस्थिति रहेको थियो ।                                                    

Next Post

दिपेन्द्रप बिष्ट बाँके-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा चयन

२०७९ भाद्र २५, शनिबार २२:४३
नेपालगन्ज । नेपाल कम्यूनिष्ट पार्टी ९माओवादी केन्द्र० निकट बाके(काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा दिपेन्द्र विष्ट चयन भएका छन । शनिबार काठमाण्डौंमा सम्पन्न समितिको तेस्रो भेलाले विष्टको अध्यक्षतामा नयाँ समिती चयन गरेको हो । समितीको वरिष्ठ उपाध्यक्षमा शिव प्रसाद गौतम, उपाधयक्षमा पूर्ण के.सी. र भुपराज खनाल तथा सचिवमा असर्फीलाल थारु चयन […]