सूचना तथा प्रसारण विभागको टोली घुम्ती शिविर संचालन गर्न मुगु प्रस्थान

  ।   २०७८ मंसिर ७, मंगलवार २१:२७

नेपालगन्ज । दुर्गम क्षेत्र लक्षित कार्यक्रम बोकेर मुगु जिल्लामा प्रेस प्रतिनिधि परिचय पत्र वितरण गर्न सूचना तथा प्रसारण विभागको टोली नेपालगन्ज आइपुगेको छ । घुम्ती शिविर सञ्चालन गर्न  मुगु जान लागेको विभागका निर्देशक सुदिप भट्टराईले बताउनु भएको छ ।

सूचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीमा शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद रेग्मी, प्राध्यापक डा. विजय मिश्रा, खगेन्द्र कार्की, अधिकार बुढा र बिष्णु सुबेदी लगायतको टोली मुगु जान नेपालगन्ज पुग्नु भएको छ । प्रेसपास प्राप्त गर्न , पत्रपत्रिका र अनलाईन दर्ता नविकरण गर्नका लागि काठमाडौं धाउनु पर्न दुर्गमका पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै विभागको टोली मुगुमै पुगेर सेवा दिने सुचना विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताउनु भयो ।

प्रेसपास वितरणका साथै पत्रकारहरुका लागि क्षमता विकास तालिम समेत संचालन गरिने प्रमुख शर्माले जानकारी दिनुभयो ।

सूचना तथा प्रसारण विभागका निर्देशक भट्टराईले दुर्गमका पत्रकारहरुको राहतका लागि शिविर संचालन गरिदै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ रिपोटिङ संगै महत्वपुर्ण काममा प्रेस पास अति आवश्यक पर्छ । पत्रकारहरुको सुरक्षा बीमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपासको भुमिका विशेष रहन्छ ।’ सो कुरालाई ध्यानमा राखेर मुगुमा शिबिर संचालन गर्न लागेको भट्टराईले बताउनु भयो ।

यस अघि विभागको टोलीले साविकको कर्णालीको केहि दुर्गम जिल्लामा प्रेसपास वितरणदेखि अनलाईन दर्ता शिविर संचालन गरेको थियो । विभागको टोलीलाई नेपालगञ्जबाट मुगु प्रस्थान गर्नु पुर्व युथ टुडेका सम्पादक आलम खान नेतृत्वले नेपालगन्ज राझा विमानस्थल मै पुगेर स्वागत गरेको थियो ।

Next Post

कोहलपुरका ६५ बर्षिय पुरुषको मृत्यु

२०७८ मंसिर ७, मंगलवार २१:२७
संवाददाता, नेपालगंज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ का कोरोना संक्रमित ६५ बर्षिय पुरुषको आज दिउँसो साढे २ बजेतिर मृत्युभएको छ । ८ गते भेरी अस्पताल नेपालगंजमा पीसीआर जाँचका क्रममा कोरोनाको संक्रमण पुष्टि भएपछि उहाँलाई भर्ना गरिएको थियो । यो सगैं बाँकेमा कोरोनाको महामारी शुरु भएयता हालसम्म ज्यान गुमाउनेको संख्या […]