सिडियो सहित सुरक्षा अधिकारीद्वारा सिमा स्तम्भको अनुगमन

  ।   २०८० कार्तिक ६, सोमबार १९:४७

नेपालगन्ज । बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लाका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमास्तम्भको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

बाँकेमा सरुवा भएर आएपछि पहिलो पटक प्रजिअ पोखरेल र एसपी सुभाषचन्द्र बोहराले बाँकेको नरैनापुर पुगेर त्यहाँस्थित नेपाल–भारत सिमाक्षेत्र बगौडाको निरीक्षण गर्नुभएको हो ।

सोमबार नरैनापुर पुग्नुभएका प्रजिअ पोखरेललाई स्थानीयले आफूहरु नेपाली भएको अनुभूति गर्न नपाएकोप्रति चिन्ता व्यक्त गर्दै स्थाथीयले आफूहरुले उत्पादन गरेको खाद्यान्न सदरमुकामसम्म पुगाउन नपाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिनेगरेको गुनासो गर्नुभयो ।                    तत्काल सो काम बन्द गर्न आग्रह गर्दै तस्करी हुने कार्य सिमानामा नै रोक्नु पर्ने सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठीक नभएको बताउँदै उहाँले सिमामा नै तस्करलाई नियन्त्रणमा लिन र स्थानीय किसानलाई पीडा हुनेगरी काम नगर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो ।                    नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद साहले नरैनापुरका किसान निकै पीडामा रहेकाले किसानको समस्या समाधान गर्नतर्फ भूमिका खेल्न प्रजिअ पोखरेलसहित सुरक्षा अधिकारीलाई आग्रह गर्नुभयो ।

दसैँको मूर्ति विसर्जन, सीमा स्तम्भको अवस्था, सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागूऔषध ओसारपसार लगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयोे । प्रजिअ पोखरेलले नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाइका साथ शान्ति सुरक्षा मजबुत राख्न नेपाल र सशस्त्र प्रहरीलाई निर्देशन दिएको बताउनुभयो ।

अनुगमन तथा निरीक्षणका क्रममा नरैनापुर पुगेको प्रजिअसहित सुरक्षा अधिकारीको टोलीलाई नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहसहित स्थानीयले स्वागत गरेका थिए ।              सीमा अनुगमनमा प्रजिअ पोखरेल, प्रहरी उपरीक्षक बोहरा, सशस्त्र प्रहरी उपरीक्षक रमेश शाही, अनुसन्धानका उपनिर्देशक मोहनकुमार कुवर, नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साह, नरैनापुरका १ का अध्यक्ष इसाक जोलाह, वडा ३ का अध्यक्ष अजयकुमार मिश्रा, वडा ४ अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य र ६ का अध्यक्ष प्रेम मौर्य तथा स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

Next Post

५ दिन अस्पतालको बसाईपछि उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज

२०८० कार्तिक ६, सोमबार १९:४७
काठमाडौं । चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज हुनु भएको छ । ५ दिन अस्पतालको बसाईपछि श्रेष्ठ डिस्चार्ज हुनु भएको हो । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ आइपुग्नु भएका छातीमा दुखाइ भएपछि […]