कोभिड–१९ माहामारीका कारण करिब आधा शैक्षिक सत्र सकिने बेला हुँदा सम्म पनि विद्यालयहरु संञ्चालन हुन सकेका छैनन् ।
तर केही निजी विद्यालयहरुले भने माहामारीका बेला शैक्षिक शुल्क बुझाउन भन्दै धम्की पुर्ण शैलीमा खबर पठाउने गरेको जानकारी प्राप्त भएको छ ।
बाँकेको नेपालगंज स्थित गणेशमान चोक नजिक रहेको ब्राइल्याण्ड माबिले भनेको छ, ‘असोज ९ गते भित्र अनिवार्य रुपमा शुल्क बुझाई सक्नुपर्ने छ । अन्यथा विद्यालयले गर्ने कारबाहीको असर विद्यार्थी स्वंयमले ब्यवहोर्नु पर्नेछ ।’
विद्यालय बन्द हुँदा आर्थिक भार थेग्न मुस्किल परेको निजी विद्यालयले बताउँदै आएका छन । यता माहामारीका बेला सरकारले भने बैकल्पिक कक्षालाई जोड् दिन भनेको छ ।
तर शुल्क भने संम्बन्धित स्थानिय तहको स्विकृतिमा लिन सक्ने भनेको छ ।