अविरल वर्षा संगै ठाउँ-ठाउँमा पहिरो यात्रु अलपत्र

  ।   २०७७ आश्विन ८, बिहीबार १६:३६

पुर्वी नवलपरासी । पुर्व नवलपरासीको दुम्किबासमा पहिरो गएपछि २४ घण्टा देखि पुर्व पश्चिम राजमार्ग ठप्प छ । असोज ६ गते मंगलबार देखि लगातार पर्दै आएको अविरल बर्षाको कारण पहिरो गएको र त्यही पहिरोको कारण सडक अवरुद्घ भएको हो ।

सडक अवरुद्घ भएपछि बर्दबास देखि दुम्किबास सम्म गाडी जाम छन् । पुर्व नवलपरासी प्रहरीका अनुसार दुम्किबासमा पहिरो हटाउदै जाने पुनः पहिरो थपिदै जानुले यात्रुहरु अलपत्र परेका छन् ।

अविरल परेको बर्षाको कारण पुर्व-पश्चिम राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएको छ भने सड जलमग्न छन् । हजारौं यात्रु अलपत्र अवस्थामा छन् । सडक सुचारु गर्न प्रहरी लागेको छ ।

 

Next Post

सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जनही पाँच हजार जरिवाना गर्ने अख्तियारको निर्णय

२०७७ आश्विन ८, बिहीबार १६:३६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जनही पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त आर्थिक वर्ष २०७५-०७६ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदनअनुसार हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण […]

सम्बन्धित समाचार