भारतमा कोरोना संक्रमण दर बढ्दो‚ एकै दिन थपिए ४७ हजार

  ।   २०७७ चैत्र ९, सोमबार ०६:५२

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४७ हजार संक्रमित थपिएको तथ्यांक सार्वजनिक भएको छ। अघिल्लो दिन ४३ हजार र त्यसको अघिल्लो दिन ४१ हजार संक्रमित थपिएका थिए।

दैनिक रुपमा संक्रमित थपिएपछि भारतका विभिन्न सहरमा रात्रिकालीन लकडाउन गरिएको छ। यस्तै‚ पछिल्लो २४ घण्टामा भारतमा २१३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या एक लाख ६० हजार पुगेको छ। भारतमा हालसम्म एक करोड १६ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएकोमा साढे तीन लाख सक्रिय संक्रमित छन्।

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख १४ हजार संक्रमित थपिएका छन्। ब्रजिलमा ४७ हजार ७००, अमेरिकामा ३९ हजार ३००, फ्रान्समा ३० हजार ५०० र पोल्याण्डमा २१ हजार ८०० संक्रमित थपिएका छन्।

यस्तै विश्वभर पछिल्लो २४ घण्टामा पाँच हजार ७०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सबैभन्दा धेरै ब्रजिलमा एक हजार २५९, मेक्सिकोमा ६०८, अमेरिकामा ४३९ र रसियामा ३७१ जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७ लाख २७ हजार नाघेको छ। १२ करोड ३८ लाख जनामा संक्रमण पुष्टि हुँदा नौ करोड ९७ लाख जना संक्रमणमुक्त भएका छन्।

Next Post

कोरोना बढ्ने भन्दै सरकारले थाल्यो तयारी, सीमामा कडाइ, तयारी थाल्न अस्पताललाई निर्देशन

२०७७ चैत्र ९, सोमबार ०६:५२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरेको छ । भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको हो । मन्त्रालयको सूचनामा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर […]