कोरोना बढ्ने भन्दै सरकारले थाल्यो तयारी, सीमामा कडाइ, तयारी थाल्न अस्पताललाई निर्देशन

  ।   २०७७ चैत्र ९, सोमबार ०६:५७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरेको छ ।

भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको हो । मन्त्रालयको सूचनामा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन अनुरोध छ ।’

मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ। ​

नाकामा कडाइ

भारतमा कोरोना बढेसँगै सीमा नाकाहरुमा ज्वरो परीक्षण तथा जाँच हुन थालेको छ। ​ भारत हुँदै नेपाल प्रवेश गरेका र ज्वरो आएका व्यक्तिहरुको लागि आरडीटी परीक्षण वा सम्भव भएन कोभिड– १९ को एन्टिजेन टेस्ट गर्न निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले एन्टिजेन पोजेटिभ आएका व्यक्तिहरुलाई उपचार र आवश्यक व्यवस्थापनका लागि नजिकको अस्पतालमा व्यवस्थापन गर्न पनि निर्देशन दिइसकेको बताउनुभयो। मन्त्रालयले अस्पतालहरुलाई आवश्यक तयारी थाल्न भनेको छ। यस्तै भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई नेपालमा क्वारेन्टिन बस्न समेत आग्रह गरिएको छ। ।

अधिकारीले भारतमा देखिएको कोरोना भाइरस नयाँ भेरिटएन्टको हो वा होइन भन्ने एकिन नभइसकेको र यदी नयाँ भेरिएन्ट भएमा सोही अनुसारको स्वास्थ्य मन्त्रालयले सतर्कताको पहल गर्ने पनि बताउनुभयो ।

उहाँले नयाँ भेरिएन्टको कोरोना भाइरस नेपालमा देखिनसक्ने भएकाले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘तत्काल लकडाउन गर्ने योजना छैन’

२०७७ चैत्र ९, सोमबार ०६:५७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथामका लागि तत्काल लकडाउन गर्ने योजना नभएको जनाएको छ । भारतमा संक्रमण दर पुनः बढेसँगै नेपालमा जोखिम न्यूनीकरणका उपाय अपनाइने तर तत्काल लकडाउन गर्ने योजना भने नभएको सीसीएमसीका सदस्य सागर दाहालले बताउनुभयो । भारतसँग सीमा जोडिएका तराईका […]