एजेन्सी । लगातारको आलोचनापछि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिनुभएको छ ।
क्लबमा उहाँको लामो समयदेखि आलोचना भहिरहेको थियो । उनलाई क्लबका समर्थकहरुले पनि अध्यक्ष पदबाट छाड्न दबाब दिरहेका थिए ।
सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उहाँ आफ्नो कार्यकाल सकिनुअगावै राजीनामा दिनुभएको हो । क्लबका कप्तान लियोनल मेस्सी पनि उनको कार्यकालमा खुसी नभएको स्पेनिस पत्रिका मुन्डो स्पोर्ट्सले लेखेको छ ।
गत अगस्तमा मेस्सीले क्लब छाड्ने निर्णय गर्दा क्लबका सम्पूर्ण बोर्ड सदस्यले पदबाट राजीनामा दिएका थिए । गत शनिबार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडसँग ३-१ को हार बेहोरेको थियो । उक्त समयमा पनि बर्टोमेउको आलोचना भएको थियो । एजेन्सीहरुको सहयोगमा