कक्षा १२ को पुरक परिक्षाको नतिजा प्रकाशित

  ।   २०८० कार्तिक २३, बिहीबार १४:१२

नेपालगन्ज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गएकाे असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।

कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएकाे छ ।

Next Post

बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह अस्पताल भर्ना

२०८० कार्तिक २३, बिहीबार १४:१२
बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि भारतको लखनऊमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खानले जानकारी दिनु भयो । ५४ वर्षीय अध्यक्ष शाहलाई छातीमा सङ्क्रमण भएको […]