पर्यटन व्यवसायीको पहलमा नेपालगन्ज–पोखरा हवाइ उडान

नेपालगन्ज–पोखरा हवाइ कनेक्टिभिटी

  ।   २०७७ फाल्गुन १२, बुधबार १३:५७

– सीता एयरबाट नेपालगन्ज–पोखरा उडानमा जाँदै बाँके र बर्दियाका पर्यटन व्यवसायी । इन्सेटमा पोखरा महानगरपालिका नगरप्रमुख मानबहादुर विसी, नेपालगन्ज उपमहानगरपालिका नगरप्र्रमुख डा. धवल शम्शेर राणालाई स्वागत गर्दै ।

विशेष संवाददाता । पोखराबाट फर्केर…

गत शुक्रबार मध्यान्न नेपालगन्ज विमानस्थलको भीआइपी कक्षमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणालाई देखेपछि धेरै हवाइ यात्रु अचम्ममा परे ।

नेपालगन्ज–पोखरा विमान सेवा शुभारम्भको अवसरमा पोखरा जान लाग्नुभएका बाँके–बर्दियाका पर्यटन व्यवसायीलाई नगर प्रमुख राणा विदाइ गर्न आउनुभएको हो भन्ने धेरैलाई लाग्यो । जब १ बजेतिर बिमान पोखरा उड्न तयार भयो ।

राणा नै सबैभन्दा अगाडि लागेर विमानमा चढ्नुभयो । नाट्टा बाँकेले नाट्टा गण्डकी प्रदेशसँग सहकार्य गरेर सीता एयरको नेपालगन्ज–पोखरा चार्टर हवाइ सेवा शुभारम्भ गर्दा डा. राणाकै नेतृत्वमा नेपालगन्जबाट टोली पोखरा गएको थियो ।

नेपालगन्जबाट उडेको विमान झन्डै २ बजेतिर पोखरा विमानस्थल पुग्दा पोखरा महानगरपालिका प्रमुख मानबहादुर विसी स्वागत गर्न विमानस्थल पुगिसक्नुभएको थियो ।

विमानस्थलमै उहाँले नेपालगन्जको टोलीलाई फूलमाला लगाएर भव्य स्वागत गर्नुभयोे । नेपालगन्जको टिमलाई पोखराका पर्यटन व्यवसायीले पनि कार्यक्रम आयोजना गरेर स्वागत गरे ।

नेपालगन्ज पोखरा हवाइ उडानबारे बाँकेमा बहस र छलफल भएको वर्षौ भयो । सन् २०२० मा भ्रमण वर्ष भव्य रुपमा मनाउने सरकारी तयारी रहेको बेला बाँकेका पर्यटन व्यवसायीले बुद्ध र यति एयरलाइन्ससँग छलफल गरेका थिए ।

चार्टर विमान बुद्ध र यतिले चाँडै सुरु गर्ने, अझ पहिले कसले गर्ने भन्ने पनि चर्चामा आयो ।

तत्कालीन पर्यटनमन्त्रीद्वय रविन्द्र अधिकारीदेखि योगेश भट्टराईसम्मलाई यहाँका राजनीतिक दल र व्यवसायीले नेपालगन्ज–पोखरा विमान उडानबारे ध्यानाकर्षण गरे । तर कसैले टेरपुच्छर लगाएनन् । प्रयास जारी रहेकै बेला कोरोना कहर सुरु भयो ।

कोरोना महामारीको मारमा सबैभन्दा बढी पर्यटन क्षेत्र नै प¥यो । कोरोनाकै कारण नेपालगन्ज–पोखरा हवाइ सेवाको चर्चा पनि सेलायो ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल त्यही कोरोनाबाट थला परेको पर्यटन क्षेत्रको उत्थानका लागि चार्टर हवाइ सेवा सुरु गरेको बताउँनुहुन्छ । भन्नुहुन्छ्, ‘धेरै वर्षसम्म राज्यको मुख ताकेर बस्यौं । उडान भएन । कसैले न कसैले विमान सुरु गर्नुपर्छ भनेर हामीले चार्टर विमान सेवा सुरु गरेका हौं ।’

नाट्टाले सीता एयरसँग कम्तीमा एक महिनाका लागि १६ वटा उडानको सम्झौता गरेको छ । १८ सिटे विमान सम्झौता अनुसार हरेक शुक्रबार र आइतबार नेपालगन्जबाट पोखरा उडान भर्नेछ ।

त्यही विमानले पोखराबाट यात्रुलाई नेपालगन्ज ल्याउनेछ । नेपालगन्ज–पोखरा हवाइ उडानको एकतर्फी भाडा अहिले ५ हजार रुपैयाँ तोकिएको छ । त्यत्ति नै रकम पोखराबाट आउने यात्रुले तिर्नुपर्छ ।

बाँके–बर्दिया र पोखराका पर्यटन व्यवसायीले हवाइ सेवा प्रयोग गरेर आउने पर्यटकका लागि विशेष प्याकेज नै घोषणा गरेका छन् ।

व्यवसायीको अनुभव : 

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलको नेतृत्वमा पोखराका पर्यटन व्यवसायी बाँके र बर्दियाको अवलोकन भ्रमणमा आए । पोखराको टोली पहिलो दिन बर्दियाको ठाकुरद्वारा पुग्यो । त्यहाँ टोलीले जंगल सफारी ग¥यो ।

आइतबार दिउँसो पोखरा फर्किसकेपछि अध्यक्ष सिग्देलले अनुभव सुनाउनुभयो, ‘पोखराभन्दा फरक किसिमको पर्यटकीय गन्तव्यको अवलोकन गरियो ।

पर्यटक साथीहरु निकै उत्साही हुनु भएको छ । उहाँले नेपालगन्ज आउने पर्यटकलाई सीमावर्ती बजार रुपैडिया घुम्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

बाँके र बर्दियाको टोलीले पनि पोखराको फेवाताल, बेगनास ताल, सराङकोटको सूर्योदय, विन्दवासिनी मन्दिर, राष्ट्रिय संंग्राहलय, बञ्जीजम्प क्षेत्रलगायतका स्थानमा अवलोकन गरेको थियो ।

नाट्टा बाँकेका महासचिव झविलाल शर्मा पर्यटकका लागि सहुलियत प्याकेज बनाएर नै धेरै भन्दा धेरैै क्षेत्रको अवलोकन गराइने बताउँनुहुन्छ । उहाँले भन्नुभयोे, ‘हामीले सुरुवात मात्र गरेका हौं ।

पोखरा, बाँके र बर्दियाका पर्यटन व्यवसायीहरु निकै उत्साही हुनु भएको छ । यो विमान सेवाले दुबै क्षेत्रका पर्यटकका लागि अवसर सिर्जना गरिदिएको छ ।’

३ दिने पोखरा भ्रमणबाट फर्केका पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ नेपालगन्ज–पोखरा हवाइ कनेक्टिभिटीले गण्डकी प्रदेशबाट बाँके, बर्दिया लगायतका जिल्लामा बसोबास गरिरहेकाहरुलाई पनि जन्मथलो, माइती घर, सुसुरालीसँग सहज कनेक्टिभिटी हुनेछ ।

गुडन्युज साप्ताहिकबाट

Next Post

लुम्बिनी प्रदेश स्तरीय स्थानीयतह स्वमूल्यांकन प्रशिक्षक प्रशिक्षण सम्पन्न

२०७७ फाल्गुन १२, बुधबार १३:५७
लुम्बिनी प्रदेशको प्रदेश प्रशिक्षण प्रतिष्ठान बाँकेले तीन दिने स्थानीय तह संस्थागत क्षमता विकास स्वमूल्यांकन प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण बुधबार बुटवलमा सम्पन्न गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विषय विज्ञ र प्रतिष्ठानका कार्यकारी निर्देशकले स्थानीय तह संस्थागत क्षमता विकास स्वमूल्यांकन कार्यविधि २०७७ का आधार, सूचक र रिपोटिङ्ग प्रकृयाका […]

सम्बन्धित शीर्षक