राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरेर विश्व बाताबरण दिवस मनाइयो

  ।   २०८२ जेष्ठ २३, शुक्रबार १३:०९

नेपालगन्ज । बर्दियाको राजापुरमा विश्व वातावरण दिवसको अवसरमा बाढी कृत्रिम घटना अभ्यास गर्नुका साथै बृक्षारोपण समेत गरिएको छ ।

राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल, प्राक्टिकल एक्शन एक्शन एड, बि ग्रुप, बाँके युनेस्को क्लब, कमैया महिला जागरण संघ र थारु महिला उत्थान संघको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभावलाइ कम गर्न कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरिएको हो । राजापुर नगरपालिकाको रंगशालामा वातावरण संरक्षणका लागि बृक्षारोपण र संघर्षनगरमा बाढीबाट बच्न कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

बाढी पूर्व र बाढी पश्चात मानवीय तथा भौतिक क्षतिलाई कसरी कम गर्ने तथा बाढी लगायत अन्य विपदलाई सामुहिक रुपमा कसरी सामना गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो कार्यक्रमको समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका बाढीको उच्च जोखिममा रहेकाले यसको सामना गर्न स्थानीय सरकारसंग सम्पुर्ण स्थानीयबासीहरुले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जलबायु परिबर्तनलाई कम गर्नकालागि नगरपालिकाले एक घर २ बिरुवा रोप्ने अभियानको पनि थालनी गर्ने बताउनु भयो सो अवसरमा राजापुर नगरपालिकाका उप प्रमुख, प्रमुख प्रसासकीय अधिकृत, वडा अध्यक्षहरु, िबषयगत शाखा प्रमुखहरु, विपद फोकल पर्सन, समुदायमा आधारित विपद ब्यबस्थापन समिति, समुदायका अगुवा, संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Next Post

प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी

२०८२ जेष्ठ २३, शुक्रबार १३:०९
काठमाडौं । संविधान र गणतन्त्र पक्षधर दलहरूले संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा जारी रहेको छ । विपक्षी गठबन्धनको यो बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसिरहेको हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्को चालु अधिवेशनको गतिविधि, संविधानको […]