बाँके युनेस्को क्लबको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

  ।   २०७७ आश्विन ४, आईतवार २२:४२

सिराज खान
नेपालगन्ज ।
बाँके युनेस्को क्लवको ३१ औ वार्षिक साधारण सभा आइतवार विविध कार्यक्रमका साथ नेपालगन्जमा सम्पन्न भएको छ ।

सो साधारणसभाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख राणाले बाँकेकै अग्रणी सामाजिक संस्थाको रुपमा स्थापित बाँके युनेस्को क्लबले कोभिड– १९ महामारी नियन्त्रणका लागि खेलेको भुमिका अतिनै सराहनीय रहेको बताउनुभयो । उहाँले गत तीन दसकदेखि सामाजिक काममा सक्रिय क्लबले बाँकेकको विपन्न र पिछिडिएकाहरुको शैक्षिक, आर्थिक र सामाजिक विकाससंगै थुप्रै चेतनामूलक कार्यक्रमहरु गरेको बताउनुभयो ।

साधारणसभालाई सम्बोधन गर्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले देश र जनतालाई समस्या परेको बेला गैर सरकारी संघसंस्थाहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्दैै आएको जनाउँदै कोभिड- १९ को बेला गरेको कार्य त्यसको उदाहरण हो भन्नुभयो । उहाँले कोभिडले गर्दा जिल्लामा रहेका अधिकांश गैर सरकारी संघ संस्थाहरु समेत समस्यामा परेको बताउनुभयो ।

सो अवसरमा बोल्दै क्लबका संस्थापक अध्यक्ष तथा संरक्षक प्रवेज अली सिद्दिकीले कोभिड १९ को नियन्त्रणका लागि क्लबका कर्मचारी र कार्यसमिति सदस्यहरु लगायत दातृ संस्थाहरुले खेलेको भूमिका अतिनै सराहनीय रहेको बताउनुभयो । उहाँले अझैपनि सो प्रयासलाई जारी राख्नु पर्नेमा जोड दिनुभयो ।

क्लबका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको उक्त साधारणसभामा प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय प्राविधिक संयोजक उपेन्द्र भण्डारी, बाँके जिल्ला बाल क्लब संजालका अध्यक्ष मेनुका रावत, डायमण्ड युथ क्लब राजापुर बर्दियाका सचिव जिवनराज सुवेदी र युथ क्लब संजाल बाँकेका सदस्य अन्जना चतुर्वेदीलगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

सो अवसरमा कोभिड– १९ को नियन्त्रणका लागि सहयोग गर्ने क्लबका कर्मचारी र कार्यसमितिका सदस्यहरु गरेर करिब ४० जनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने आर्थिक सहयोग गर्ने सहयोगी स्रस्थाहरु प्लान इन्टरनेसनल नेपाल, कतार च्यारेटी, ईस्लामिक रिलिफ, एसओएस युवालय लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधार, वित्त प्रमुख बेद प्रकाश शर्मा, कार्यक्रम अधिकृत अनुप वर्मा र संगीता रिजाललाई वर्षको उत्कृष्ठ कर्मचारी घोषणा गरेर उनिहरुलाई सम्मान गरिएको थियो ।

साधारणसभाको अवसरमा क्लबका अध्यक्ष चौधरीले बाँके र बर्दियाका १६ वटै स्थानीय तहमा युथ र चाइल्ड एम्बेसडर नियुक्त गरेर उनिहरुमार्फत दुबै जिल्लाका सबै पालिकामा क्लबका कामहरुमा सहयोग लिइने घोषणाा गर्नु भएको थियो ।

Next Post

कविता : खोला

२०७७ आश्विन ४, आईतवार २२:४२
‘खोला’ खोला तिमी छहरा बनि दिन्छौं तिमी पहरा बनि दिन्छौं तिम्रो बेग जस्तै मेरो गति हुदो होत ?? तिमी जस्तै अध्यारोमा चम्किलो प्रकाश दिने थिए, सुख्खा पाखा पखेरामा सदाको सिचाइ दिने थिए, प्यासि आत्माहरुलाई मनको तिर्खा मेटाउने थिए , छताछुल्ल भएको समाजलाई पनि तिमी जस्तै दोभानमा बाँधि दिने थिए । […]