कविता : खोला

  ।   २०७७ आश्विन ४, आईतवार २२:५७

‘खोला’

खोला तिमी छहरा बनि दिन्छौं
तिमी पहरा बनि दिन्छौं

तिम्रो बेग जस्तै मेरो गति हुदो होत ??
तिमी जस्तै अध्यारोमा चम्किलो प्रकाश
दिने थिए,
सुख्खा पाखा पखेरामा सदाको सिचाइ
दिने थिए,
प्यासि आत्माहरुलाई मनको तिर्खा
मेटाउने थिए ,
छताछुल्ल भएको समाजलाई पनि
तिमी जस्तै दोभानमा बाँधि दिने थिए ।

खोला त्यसैले त तिमी महान छौ,
कहिले छहरा बनि दिन्छौं ,
कहिले पहरा बनि दिन्छौं ,

मानव जस्तै तिम्रो लागि हेर
सक्ला राजमार्ग चाहिँदैन ,
सुत्ने बाक्लो ओछ्यान चाहिँदैन ,
रफ्तारमा कुद्न स्टामिना चाहिँदैन ,
बिरामी हुदा औषधि पनि चाहिँदैन ,

‘खोला ‘
तिम्रो लागि नत सिमा छ,
नत नियम कानुन नै

नत कसैले दबाब दिन्छ ,
कसैको मन दुख्छ,
कसैलाई पिडा हुन्छ ,
कोहि पारिवारिक बिच्छेदमा हुन्छ ,
यि र यस्तो कुरामा पनि तिमी
स्वतन्त्र छौ
प्रकृतिको अनुकूलतामा कुदिरहेका छौ
तिम्रो अड्कनमा कोहि बाँकी राखेका छौनौ।।।।

खोला तिमी साँच्चिकै महान छौ
कहिले पहाडमै छहरा बन्छौ
कहिले हिमालमै पहरा बन्छौ

जय प्रकृति
जय नेपाल

Next Post

सात महिनापछि खुल्यो आन्तरिक उडान, यात्रुले पालना गर्नुपर्छ यस्ता नियम

२०७७ आश्विन ४, आईतवार २२:५७
काठमाण्डौ । बन्द भएको सात महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । खासमा सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो । तर […]