युनेस्कोद्धारा बर्दियाको गुलरिया र राजापुरमा पनि बालबालिका सम्बन्धि पैरवी कार्यशाला आयोजना 

  ।   २०७८ जेष्ठ २१, शुक्रबार २१:५७

समाचारदाता
नेपालगञ्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाका मुख्य सरोकारवाला निकाय बीच बालबालिकाको लागि भर्चुअल पैरवी कार्यशालाको आयोजना गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा ती दुबै नगरपालिका क्षेत्रमा विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षाका लागि योजना बनाउन, पहल गर्न तथा निति र बजेटको व्यवस्था गराउन सो कार्यशालाको आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले प्लान नेपालको सहयोगमा क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत ती कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।
<span;>यसअघि बाँसगढी नगरपालिकामा पनि सोही प्रकारको पैरवी कार्यशालाको आयोजना गरिएको थियो ।

गुलरिया नगरपालिकमा आयोजना गरिएको कार्यशालामा नगरपालिकाका उपमेयर सुशिला गिरी, शिक्षा शाखा प्रमुख उपसचिव निलकण्ठ रेग्मी, सामाजिक शाखाका वरिष्ठ अधिकृत मुकुन्द अर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शिला शाह, वडा नमबर ६ का वडा अध्यक्ष निरज शर्मा, गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष विष्णु प्रसाद तिमिल्सिना तथा नगरपालिका भित्र रहेका ११ वटा माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

सोही प्रकारले राजापुरमा आयोजना गरिएको भर्चुअल पैरवी कार्यशालामा नगरपालिकाका उपमेयर मनकला चौधरी, शिक्षा शाखा अधिकृत दल बहादुर चौधरी, योजना तथा सामाजिक शाखाका शोभा पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रतिभा महतारा, प्लान नेपालका अम्बिका तिमिल्सिना, वडा नम्बर ५ का वडा अध्यक्ष र नगरपालिका भित्रका ९ वटा माविका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

ती दुबै कार्यशालामा विद्यालय बाहिर रहेका तथा विचमै विद्यालय छाडेका बालबालिकाको पहिचान गर्ने, उनिहरुलाई विद्यालयमा ल्याउन र टिकाई राख्ने कार्यक्रम बनाउने तथा सम्बन्धित पालिकाले सो बारेमा निति बनाउने र बजेट विनियोजन गर्ने विषयमा सहमति बनेको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । उहाँले कार्यशालाका सहभागि सबै सरोकारवालाले विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षालाई प्रमुख प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको बताउनुभयो ।

कार्यशालाको सहजीकरण मध्यपश्चिम विश्व विद्यालयका उपप्रध्यापक रविन मल्लले गर्नु भएको थियो भने बालविवाह न्युनिकरण परियोजना र सो अन्तर्गत गरिने कार्यहरुका बारेमा क्लबका कार्यक्रम संयोजक बसन्त विसीले जानकारी गराउनु भएको थियो ।
कार्यशालामा सहभागि अधिकांश प्रधानाध्यापकहरुले सिजनमा कामका लागि भारत लगायत अन्य देशमा जाने र उनिहरुले नै बालबालिका समेत लिएर जाने गरेकोले पनि विचमै विद्यालय छोड्नेहरु बढेको बताएका थिए ।

Next Post

प्रध्यापक अदित्य कुमार बर्मा कृषि पेशा तिर आकर्सित

२०७८ जेष्ठ २१, शुक्रबार २१:५७
नेपालगन्ज । कोरोना नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनको मुख्यमा र किसानहरु परेका छन् । लाखौँ लगानीमा उत्पादन गरेका तरकारी समयमै बिक्री हुन नसक्दा खेतबारीमै तरकारी कुहीन थालेको छ । बैंकबाट ऋण लिएर शुरु गरेको तरकारी खेती उत्पादीत तरकारी बिक्री गर्न नसक्दा व्याज तिर्न समेत धौ धौ भएको छ । […]