अवैध कुर्ता सुरुवाल बरामद

  ।   २०८० मंसिर १२, मंगलवार ११:०६

नेपालगन्ज । बाँके प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याइएका कुर्ता सुरुवाल बरामद गरेको जनाएको छ ।

सोमबार भारतबाट भन्सार छली गरि ल्याइएका कुर्ता सुरुवाल नेपालगन्जबाट बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । प्रहरीका अनुसार उक्त सामानको मूल्य ६२ हजार रुपैयाँ बराबरको रहेको छ ।

बरामद गरिएका कुर्ता सुरुवाल आवश्यक कारवाहीका लागि सोमबार नै भन्सार कार्यालय नेपालगन्ज बाँके पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

अवैध खैरो हेरोइन सहित एक पक्राउ

२०८० मंसिर १२, मंगलवार ११:०६
नेपालगन्ज । बाँके प्रहरीले अवैध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार नेपालगन्ज- १८ का सन्तोष बिष्टलाई ७ सय मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित ३५ बर्षिय सन्तोष बिष्टलाई ईलाका प्रहरी कार्यालय जमुनाह […]

सम्बन्धित समाचार