चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ, एक फरार

  ।   २०८० आश्विन १७, बुधबार २०:०२

बाँके । बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । भने अर्को एकजना फरार छन् ।

पक्राउ पर्नेमा राप्तिसोनारी-२ टिकुलीपुरका टीकाराम जैसी हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले जानकारी दिनुएको छ । निकुञ्जभित्रको सुखार र खैरी खोलाको ‘फायर लाइन’बाट चित्तलको मासु भाग लगाउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै रहेका मदनबहादुर खत्री भने फरार छन् । निकुञ्जभित्रको हिरासतमा जैसीमाथि थप अनुसन्धान भइरहेको उल्लेख गर्दै भुसालले भन्नुभयो “वन्यजन्तु चोरी शिकारी आरोपमा टीकारामलाई चित्तलको मासु भाग लगाउँदै गर्दा हाम्रो गस्ती टोलीले पक्राउ गरेको हो । ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले हामी अनुसन्धानकै क्रममा छौँ ।”

“वन्यजन्तु चोरी शिकारी आरोपमा कसैलाई उम्कने छुट छैन । नेपालमै लुकेर बसे पनि अथवा नेपाल बाहिर जहाँ सुकै गए पनि फरार रहेका मदन बहादुरको खोजी जारी नै भएको हुँदा उनलाई चाँडै नै पक्राउ गर्ने प्रहरीले जनाएको छ । गत वर्षको स्थानीय निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडाध्यक्षमा समेत निर्वाचनमा भाग लिएका मदनबहादुरको नाम पटकपटक वन्यजन्तु चोरी शिकारीको आरोपमा मुछिदै आएको थियो । फरार रहेका मनबहादुरको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Next Post

नेपालगन्ज घटनामा प्रमुख जिल्ला अधिकारी आचार्य र एस पी राठोरको कमजोरी भएको निष्कर्ष

२०८० आश्विन १७, बुधबार २०:०२
नेपालगन्ज । राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोषसिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई फिर्ता बोलाइ अन्य व्यक्ति पठाउन सरकारलाई सुझाव दिएको छ । स्रोतका अनुसार घटनाका पूर्व सूचनालाई […]