कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा नील सागरमा खाद्यान्न वितरण तथा स्वास्थ्य परिक्षण

  ।   २०७९ भाद्र २२, बुधबार २२:२२

नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा कोहलपुरमा रहेको नील सागर असाहाय , अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा फलफूल, खाद्यान्न तथा स्वास्थ्य चेकजाँच गरेको छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन वि- स- २०६१ सालमा स्थापना गरिएको थियोे । उक्त संस्थामा रहेका तिनवटा युनियनहरु मध्ये धेरै सदस्यहरु भएको र पुरानो संगठन भएको संगठनकी सभापति रत्ना गिरीले बताउनुभयो ।
उक्ति नील सागर केन्द्रमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बरिस्ठ फिजिसियन पदमा कार्यरत डा- श्याम बि- क- र डा- देबेन्द्र आचार्यले उक्त केन्द्रमा रहनु भएका आमा, बुबाहरुको स्वास्थ्य जाँच गर्नु भएको थियोे । कर्मचारी संगठनको आयोजनामा त्यहाँका बुबा आमाहरुलाई खाद्यान्न, फलफूल र औषधि वितरण गरिएको थियोे ।                    कर्मचारी संगठनका महासचिव केपी घिमिरेले संचालन गरेको कार्यक्रममा डा- देवेन्द्र आचार्यले शुभकामना मन्तव्यमा राख्ने क्रममा कर्मचारी संगठनले गरेका यस्ता कार्यहरू अत्यन्तै राम्रो भएको भन्दै आगामी दिनहरुमा पनि गर्न सुझाव दिनु भएको थियोे । त्यसैगरी उक्त कार्यक्रममा बोल्दै संगठनका सल्लाहकार संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि अब्दुल हुसेन खानले यस्ता किसिमका सामाजिक कामबाट खुसी भएको भन्दै निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।                     

कार्यक्रममा कर्मचारी संगठनको सभापति रत्ना गिरीले संगठनका पदाधिकारी तथा सदस्यहरुले, कर्मचारीहरुको हकहितका लागि आवाज उठाउने, अस्पतालमा बिरामीको सेवाको अलावा गरिब दिन दु:खीहरुक‍ो सेवामा पनि लागिरहेको बताउनुभयो । उक्त कार्यक्रममा कर्मचारी संगठनमा केन्द्रीय पदाधिकारीहरु तथा सदस्यहरु, साधारण सदस्यहरुको उपस्थिति रहेको सभापति गिरीले बताउनुभयो ।

Next Post

नेकपा माओवादी केन्द्र नेपालगन्ज दुई नम्बर कमाण्डको बैठक सम्पन्न

२०७९ भाद्र २२, बुधबार २२:२२
              नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समिति दुई नम्बर कमाण्डको बैठक सम्पन्न भएको छ । दुई नम्बर कमाण्ड अन्तर्गत नेपालगन्ज ५, ६, ८, ९, १०, ११ वडा रहेका छन् । होटल द्रव्य कुटिरमा भएको बैठक मंसिर ४ गते हुने प्रदेश र संघको […]