लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री

  ।   २०८० फाल्गुन १, मंगलवार १०:५९

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।’

Next Post

पत्रकार मनऋषि धितालका जनयुद्धकालीन आधा दर्जन पुस्तक सार्वजनिक

२०८० फाल्गुन १, मंगलवार १०:५९
काठमाडौँ । पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालीन पुस्तकहरू एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेखेका जनयुद्धकालीन डायरीहरूको सँगालो समेटिएका आधा दर्जन पुस्तकहरू एकैसाथ सार्वजनिक गरिएको हो । जनयुद्ध दिवसको अवसर पारेर गरिएको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

सम्बन्धित शीर्षक