सामाजिक कार्यमा सक्रिय बन्दै नयाँ शिरा युवा क्लव

शहिद दिवसको अवसर पारी रक्तदान

  ।   २०७८ माघ १६, आईतवार १९:०७

भीम उचै ठकुरी, गुलरिया ।

आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको संम्झनामा विभिन्न कार्यक्रम गरिएको छ ।

दिवसको अवसर पारेर आज बर्दियाको गुलरियामा पनि विविध कार्यक्रमको आयोजना गरि शहिदको शालिकमा माल्र्यापण सहित योगदानका बारेमा चर्चा गरियो ।

शहिद दिवसकै अवसर पारी बर्दिया अस्पतालमा २० जना युवाहरुले रक्तदान गरेका छन ।

‘रक्तदान जीवन दान, जीवन दान महादान’ भन्ने मुल नाराका साथ नयाँ शिरा युवा क्लवको आयोजना, नेपाल रेडक्रस सोसाइटीको समन्वयमा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने युवाहरुलाई गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा, नेकपा (माओवादी केन्द्र) गुलरियाका नगरअध्यक्ष गेहेन्द्र ढकाल लगायतले उच्च प्रशांसा सहित प्रमाण-पत्र प्रदान गर्नुभएको छ ।

आफुहरुले सकारात्मक र सिर्जनात्मक गतिविधि मार्फत समाजमा असल सन्देश प्रवाह गर्न लागी परेको र कुलतमा फसेका युवाहरुलाई सही बाटोमा हिँडाउन सहयोग गरिरहेको नयाँ शिरा युवा क्लवका अध्यक्ष प्रमोद चन्दले बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि यस्तै खालका सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने भन्दै सहयोग, समन्वय, सहकार्य गर्ने सबैलाई धन्यबाद पनि ज्ञापन गर्नुभएको छ ।

 

Next Post

रघुराम श्रीनिवासलाई राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा नियुक्त

२०७८ माघ १६, आईतवार १९:०७
संवाददाता । भारतका रघुराम श्रीनिवासलाई राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा नियुक्त गरिएको छ । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आइसिसी टि–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रुपमा नियुक्त गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । उहाँ आजै नेपाल आइपुग्नुभएको हो । नेपाली टोलीले […]

सम्बन्धित शीर्षक