रघुराम श्रीनिवासलाई राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा नियुक्त

  ।   २०७८ माघ १७, सोमबार १६:१८

संवाददाता ।

भारतका रघुराम श्रीनिवासलाई राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा नियुक्त गरिएको छ ।

ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आइसिसी टि–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रुपमा नियुक्त गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

उहाँ आजै नेपाल आइपुग्नुभएको हो । नेपाली टोलीले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई छन् । आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘क’ मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स तथा समूह ‘ख’ मा आयरल्यान्ड, युएई, बहराइन र जर्मनी छन् । नेपालले आगामी फागुन ६ गते ओमानसँग पहिलो खेल खेल्नेछ ।

दुवै समूहबाट फाइनलमा पुग्ने दुई टोलीले आगामी अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपमा स्थान बनाउने छन् ।

रेडियो नेपालबाट

Next Post

मध्य माघमा असिना सहितको पानी

२०७८ माघ १७, सोमबार १६:१८
संवाददाता, नेपालगंज। बाँकेको नेपालगंज सहित वरपरका क्षेत्रमा असिना, हावाहुरी सहितको पानी परेको छ । मध्य माघमा परेको असिना, पानीले गरेको क्षतिका बारेमा अझै केही विवरणहरु बाहिरीएका छैन्न । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभावले आउँदो तीन दिनसम्म मेघगर्जन, […]