२ सय १ जना पत्रकारलाई कोरोना संक्रमण, २ जनाको मृत्यु

सबैभन्दा धेरै बागमति प्रदेशका संक्रमित

  ।   २०७७ आश्विन २४, शनिबार १७:२१

नेपालका २ सय १ जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । नेपाल पत्रकार महासंघमा २०७७ असोज २३ गतेसम्म प्राप्त अभिलेख अनुसार सक्रमित मध्ये २ जनाको मृत्यु भएको छ ।

१ सय ४३ जना सक्रमणमुक्त भइसकेका छन् भने ५६ जना उपचाररत रहेका छन । प्रदेश नम्बर १ मा २९ जना पत्रकार कोरोना संक्रमित भएका छन । जसमा झापा ६ जना, मोरङ १४ जना, उदयपुर २ जना, सुनसरीका ७ जना छन ।

त्यस्तै प्रदेश २ मा ४२ जना पत्रकार संक्रमित भएका छन । जसमा पर्सा १७, बारा ७, धनुषा ५, सप्तरी ६, सर्लाही ३, महोत्तरी २, रौतहट २ जना संक्रमित भएका छन । बागमती प्रदेशमा ६९ जना पत्रकार संक्रमित हुन पुगेकोमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं ४१ (१ जनाको मृत्यु), ललितपुरमा १२, नुवाकोट २, मकवानपुर ७, सिञ्धुपाल्चोक २, चितवन ५ जना संक्रमित भएका छन । गण्डकी प्रदेशमा १९ जना पत्रकार संक्रमति भएका छन ।

जसमा कास्कीका ४ जना, नवलपुरका ८ जना, लमजुङका ७ जना संक्रमित भएका छन । लुम्बिनी प्रदेशमा २९ जना पत्रकार संक्रमित भएकोमा १ जनाको मृत्यु भएको छ ।

जसमा बाँकेका ७, बर्दिया ३, कपिलवस्तु ११, (१ जना पत्रकार बनारसी बर्माको मृत्यु भएको), रुपन्देहीमा ७, नवलपरासीमा १ जना संक्रमित भएका छन । त्यस्तै कर्णाली प्रदेशमा ११ जना पत्रकार संक्रमित भएका छन ।

जसमा दैलेख जिल्लामा १, जुम्ला १, कालिकोट १, रुकुम पश्चिम १, सुर्खेतमा ७ जना संक्रमित भएका छन । सुदुरपश्चिम प्रदेशमा २ जना संक्रमित भएका छन । जसमा कैलालीका २ जना संक्रमित भएका छन ।

Next Post

बाँकेका दुई अस्पतालमा २२ जना सिकिस्त

२०७७ आश्विन २४, शनिबार १७:२१
प्रमिला चौधरी नेपालगंज। बाँकेमा २२ जना कोभिड–१९ का सिकिस्त विरामी रहेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जसमध्ये भेरी अस्पताल नेपालगंजमा १० जना, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १२ जना रहेका छन । बाँकेका ८ पालिका मध्ये नेपालगंज, कोहलपुर, खजुरा, बैजनाथ, डुडुवा र जानकीमा गरी १ […]

सम्बन्धित समाचार