बाँकेका दुई अस्पतालमा २२ जना सिकिस्त

  ।   २०७७ आश्विन २४, शनिबार १९:०७

प्रमिला चौधरी

नेपालगंजबाँकेमा २२ जना कोभिड–१९ का सिकिस्त विरामी रहेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जसमध्ये भेरी अस्पताल नेपालगंजमा १० जना, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १२ जना रहेका छन ।

बाँकेका ८ पालिका मध्ये नेपालगंज, कोहलपुर, खजुरा, बैजनाथ, डुडुवा र जानकीमा गरी १ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठ जानकारी दिनुभयो ।

Next Post

भर्चुअल कक्षाको पढाईमा सोफियाका बालबालिका

२०७७ आश्विन २४, शनिबार १९:०७
सुर्य प्रसाद धिताल, नेपालगंज । बढ्दो कोभिड–१९ को जोखिमका कारण लामो समयदेखी विद्यालयहरु बन्द छन । तर बाँके सहित देशका केही ठाउँमा सिमित संख्याका केही विद्यालयले मात्र भर्चुअल अनलाइन कक्षाको शुरुवात गरिरहेका छन । इन्टरनेटको पहुँच पुगेका विद्यालयहरुले शुरु गरेको भर्चुअल कक्षाको पढाईमा बालबालिकाहरु रमाएर अध्ययन गर्न थालेका छन् । नेपाल […]