प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी

  ।   २०७८ श्रावण १६, शनिबार १३:४७

डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ ।

प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण १४ गते पनि एक÷एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कैलालीका दुई जना र बझाङका दुई जना रहेको प्रहरीले जानकारी दिएको छ ।

श्रोतकाअनुसार सक्कली परीक्षार्थीसँग न्युनतम एक लाखदेखि दुई लाख रुपैयाँसम्म लिएर उनीहरु नक्कली परीक्षार्थी भई अन्तरवार्ता दिन गएका हुन् । अन्तरवार्ता दिने क्रममा उनीहरुमाथि शंका लागेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नक्कली परीक्षार्थी र रकम दिई अन्तरवार्तामा आफ्नो सट्टा अरुलाई पठाउने दुवैमाथि किर्ते गरेको आरोपमा आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला पर्दै आएकोमा अन्तरवार्तामा समेत नक्कली परीक्षार्थी फेला पर्न थालेका छन् ।

तालिम केन्द्र दिपायलले शारीरिक प्रतिस्पर्धा र लिखितमा उत्तीर्ण भएका परीक्षार्थीहरुको साउन ७ गतेदेखि अन्तरवार्ता लिन सुरु गरेको छ । उक्त अन्तरवार्ता आइतवारसम्म चल्ने छ ।

यस अघि पनि १८ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरि मुद्दा चलाइएको प्रहरी उपरीक्षक मल्ल बताउनु भएको छ । ‘सुदूरपश्चिममा यो गलत ट्रेण्ड बस्दैछ’ मल्लले भन्नुभयो ‘पैसा दिएर अर्को मान्छेलाई परीक्षा दिन लाए पास भईन्न भन्ने गलत बुझाइ भएको छ ।’

प्रहरी उपरीक्षक मल्लले नक्कली परीक्षार्थी परीक्षा दिने क्रममै समातिने हुँदा त्यसको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘आफैं तयारी गरेर परीक्षा दिए पास हुने ग्यारेन्टी हुन्छ ।’ परीक्षाको आवश्यक तयारी गर्ने तरिका थाहा नपाई गलत बाटो रोज्दा जीवन बर्बाद हुने उहाँले बताउनुभयो ।

Next Post

कोरोना विशेष कृषि अनुदानमा दुरूपयोग, बाँडियो मृत्यु भएका व्यक्तिको नाममा र गैरकिसानलाई !

२०७८ श्रावण १६, शनिबार १३:४७
बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष कृषि कार्यक्रम अन्तर्गत लुम्बिनी साँस्कृतिक नगरपालिकालाई उपलब्ध गराएको अनुदान रकम दुरूयोग भएको पाइएको छ। लुम्बिनी प्रदेश सरकारले कोभिडका– १९ का कारण प्रभावित बनेका तरकारी उत्पादक किसानलाई कोरोना विशेष कृषि कार्यक्रम अन्तर्गत एक स्थानीय तह, एक उत्पादन कार्यक्रममार्फत् अनुदान रकम वितरण गरेको थियो। प्रदेश […]