डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु

  ।   २०७९ कार्तिक २३, बुधबार ११:४२

संवाददाता ।

डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् ।

घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवप्रसाद गण डोटी लगायतको टोली खटिएको छ । स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् ।

राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो । भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो ।

अनलाइन खबरबाट

Next Post

अबको एक हप्तापछि पृथ्वीमा हुनेछन् ८०० करोड मानिस

२०७९ कार्तिक २३, बुधबार ११:४२
संवाददाता । हामीहरु अर्थात् मानिस । वैज्ञाािनक भाषामा भन्ने हो भने होमो स्यापियन्स । मानिस जनसंख्या वृद्धिमा विज्ञ छन् । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो । तर ७०० बाट ८०० करोड पुग्न १२ वर्षमात्रै । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ सय करोड पार हुनेछ […]