दार्चुला घटना प्रकरण : गृह मन्त्रालयको परराष्ट्र मन्त्रालयलाई पत्राचार

घटनाबारे नेपालले जानकारी गराएन : भारत

  ।   २०७८ भाद्र १८, शुक्रबार ०७:१२

काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कुटनीतिक पहल गर्न सिफारिस गरेको हो ।

उता भारत सरकारले भने दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै पनि जानकारी नगराएको जनाएको छ । आधिकारिक जानकारी नआउँदै मिडियामा आएका खबरकै आधारमा केही पनि नबोल्ने भारतले जनाएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यस विषयमा मिडियाबाट केही सुने पनि औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया पत्रकारहरुलाई दिनुभएको हो ।

Next Post

कांग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पुरा

२०७८ भाद्र १८, शुक्रबार ०७:१२
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ । हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ । ती ५६ मध्ये कम्तिमा ४० जिल्लामा आज एकसाथ वडा अधिवेनश हुनेछ । तर क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गर्न बाँकी २१ जिल्लाको […]