कांग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पुरा

२१ जिल्लाको क्रियालिश सूची आउन बाँकी

  ।   २०७८ भाद्र १८, शुक्रबार ०७:१५

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ । हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ ।

ती ५६ मध्ये कम्तिमा ४० जिल्लामा आज एकसाथ वडा अधिवेनश हुनेछ । तर क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गर्न बाँकी २१ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने प्रश्न उठेको छ । यही विवादले आसन्न १४ औं महाधिवेशन अनिश्चित बन्ने त होइन भन्ने त्रास कांग्रेसजनमा रहेको छ ।

२१ जिल्लाको क्रियाशील सूची नपाउँदा कांग्रेसको निर्वाचन समिति अन्योलमा छ । महादेव यादवको संयोजकत्वमा रहेको समितिले चार चरणमा गरेर ५६ जिल्लाका लागि निर्वाचन अधिकृत तोकेको छ । तोकिएका अधिकृतहरू जिल्ला पुगेर आज हुने वडा अधिवेशनमा खटिएका छन् ।

Next Post

पहुँच बिहीनलाई धम्काउदै बाँके प्रहरी

२०७८ भाद्र १८, शुक्रबार ०७:१५
संवाददाता, नेपालगंज । निर्मला कुर्मी र नन्कुन्नी धोबी हत्या घटनाका दोषिलाई कारबाहीको माग राखी मृतकका आफन्तले जिल्ला प्रशासन कार्यालय बाँकेमा लगातार धर्ना दिईरहेका छन । बाँकेको नेपालगंज १७, परसपुरकी निर्मला कुर्मीको अपहरण पछि हत्या गरिएको र जानकी २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको परिवार भित्रैबाट दिईएको यातनाका कारण ज्यान गएको पीडितका आफन्तले […]