राष्ट्रपतिद्वारा कोरोना नियन्त्रणबारे प्रधानमन्त्रीसँग चासो व्यक्त

  ।   २०७८ श्रावण २२, शुक्रबार ०७:५९


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उहाँले बताउनुभयो । अनलाइन खबर

Next Post

खोप नलगाई अफिस आउने तीन कर्मचारीलाई जागिरबाट निकालिदियो सिएनएनले

२०७८ श्रावण २२, शुक्रबार ०७:५९
संवाददाता । अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोनाभाइरस विरूद्धको खोप नलगाइकनै अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ । कम्पनीका अध्यक्ष जेफ जुकरले स्टाफहरूलाई बिहीबार दिएको मेमोमा तीन कर्मचारीलाई बर्खास्त गरिएको उल्लेख गर्नुभएको छ । उहाँले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने बताउनुभएको छ । जागिरबाट निकालिएका […]

सम्बन्धित समाचार