खोप नलगाई अफिस आउने तीन कर्मचारीलाई जागिरबाट निकालिदियो सिएनएनले

  ।   २०७८ श्रावण २२, शुक्रबार १३:१८

संवाददाता ।
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोनाभाइरस विरूद्धको खोप नलगाइकनै अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ ।

कम्पनीका अध्यक्ष जेफ जुकरले स्टाफहरूलाई बिहीबार दिएको मेमोमा तीन कर्मचारीलाई बर्खास्त गरिएको उल्लेख गर्नुभएको छ । उहाँले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने बताउनुभएको छ ।

जागिरबाट निकालिएका कर्मचारीहरू को हुन् र उनीहरूको सिएनएनको कुन अफिसमा काम गर्थे भन्ने खुलाइएको छैन । सिएनएनले कोरोना खोप नलगाउने विरूद्ध शुन्य सहनशीलताको नीति लिएको जुकरको भनाइ छ ।

सिएनएनका धेरैजसो कार्यालयहरू स्वेच्छिक रूपमा आउने कर्मचारीहरूका लागि खुलिसकेका छन । एटलान्टा, वासिङ्टन, लस एन्जलसमा भएका अफिसमा मास्क अनिवार्य गरिएको छ ।

यसअघि सिएनएनले सेप्टेम्बरदेखि सबै कर्मचारी अफिस आउने योजना बनाएको थियो । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण फेरि बढेपछि उक्त योजना पछि धकेलिएको छ ।

अमेरिकामा कोरोना विरूद्धको खोप सर्वसुलभ छ तर मानिसहरूले खोप लगाउन मानिरहेका छैनन । राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई एक सय डलरका दरले रकम दिन भन्नुभएको छ ।

रातोपाटीबाट

Next Post

समुदायका समस्याप्रति सरोकारवालाको प्रतिबद्धता

२०७८ श्रावण २२, शुक्रबार १३:१८
संवाददाता । स्थानीय समुदायका समस्या तथा समाधानका पहलका बारेमा छलफल गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, विपत तथा सडक व्यवस्थापन र वाताबरण लगायतका विभिन्न सवालहरुमाथी छलफल गरि कार्यन्वयनका लागि पहल गरिएको हो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रद्धारा बिहीबार नेपालगंजमा आयोजित साझा सभामा उठेका सवालहरुमाथी छलफल गरि […]

सम्बन्धित शीर्षक