यमनमा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

  ।   २०७७ कार्तिक ६, बिहीबार ०८:४४

काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताउनु भएको हो ।

महासचिव गुटर्रेसले सो बैठकमा भन्नुभयो, ‘अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ र यहाँका युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न आग्रह गर्दछु ।’

उहाँले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको धारणा पनि राख्नुभएको थियो । उहाँले यसअघि पनि केही महिना अघि मात्र यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन भन्नुभएको थियो ।

आफूले यस विषयमा पहल जारी राखेको पनि उहाँले सो बैठकमा जानकारी गराउनु भएको थियो । आफूले आफ्ना दूतलाई यमनमा युद्धरत पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेर शान्ति वार्ताको पक्षमा काम गर्न आफूले भनेको उनले जानकारी दिनुभयो ।

यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हुथी विदोही र सरकारलाई समर्थन गर्ने फौजको संघर्ष जारी छ । अनलाइनखबर

Next Post

कोरोना त्रासलाई शक्तिमा बदल्ने गरी बडा दशैँ मनाऔं

२०७७ कार्तिक ६, बिहीबार ०८:४४
– कल्पना शर्मा, नेपालगंज विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ भनिने कोरोना भाईरसले मानव जातीलाई नै चुनौति दिईरहेको छ । चीनको वुहान भन्ने ठाउँबाट फैलिएको कोरोना भाईरस बारेको कुनैपनि देशका बैज्ञानिकबाट स्वास्थ्य क्षेत्रले अहिले पनि सार्थक औषधि, उपचार र बिधि तयार गर्न सफल भएको छैन । यसलाई रोकथाम गर्ने बिधिको रुपमा […]