कोरोना त्रासलाई शक्तिमा बदल्ने गरी बडा दशैँ मनाऔं

  ।   २०७७ कार्तिक ६, बिहीबार १३:५१

– कल्पना शर्मा, नेपालगंज

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ भनिने कोरोना भाईरसले मानव जातीलाई नै चुनौति दिईरहेको छ ।

चीनको वुहान भन्ने ठाउँबाट फैलिएको कोरोना भाईरस बारेको कुनैपनि देशका बैज्ञानिकबाट स्वास्थ्य क्षेत्रले अहिले पनि सार्थक औषधि, उपचार र बिधि तयार गर्न सफल भएको छैन ।

यसलाई रोकथाम गर्ने बिधिको रुपमा अपनाईएको लकडाउनले विश्वभरी मानव जातीको कृयाकलाप अन्तर्गत आर्थिक, सामाजिक तथा सास्कृतिक रुपमा निरन्तर संकट समेत निम्त्याईरहेको छ ।

यो सरुवा रोग भएकोले एक मानिस बाट अर्को मानिस संँग दुरी कायम गर्नुपर्ने हुन्छ ।

कुनै पनि भिडभाड हुने उत्सवहरु रोकिनु स्वभाविक बन्यो जसले गर्दा २०७७ सालको कुनैपनि चाडपर्वहरु मानिसहरुले मनाउन र खुशि साट्न पाईरहेका छैनन् ।

मुस्लिम समुदायको पर्व ईद, बकर ईद, मोहरम पनि उत्साहजनक ढङ्गबाट मनाउने वातावरण बनेन् । हिन्दुहरुको तिज लगायतका पर्वहरु पनि घरभित्र नै सिमित रहे ।

बिशेषत : नेपालीहरुको महान पर्वको रुपमा मनाईने बडा दशैँको प्रारम्भ भैरहेको छ । तर पनि दशैँ सुरु भएको अनुभुति कसैले पनि गर्न पाईरहेको छैनन् ।

किनभने आन्तरिक रुपले लकडाउन खुलेता पनि कोरोना महामारी झन धेरै फैलिरहेको छ । मृतकहरुको संख्या पनि बढिरहेको छ ।
यस संकट कालिन अवस्थामा आईपुगेको बडा दशैँलाई कसरी मनाउने भन्नेमा मानिसमा अन्यौलता कायम नै छ ।

यो हाम्रो राष्ट्रिय पर्व हो भने नेपालीहरुको एकताबद्ध संस्कृति पनि हो तर कोरोनाका कारण साँस्कृतिक शक्ति पिठ, मठमन्दिरहरु खुलेका छैनन् ।

मानिसहरुले यतिवेला संस्कार र साँस्कृतिक रुपले बडा दशैँलाई स्वागत गर्न पाईरहेका छैनन । पिडा बोध गरिरहेका छन ।

दशैको सुरुवातको पहिलो दिन घटस्थापनामा बिभिन्न शक्ति पिठ, मठ मन्दिरमा जाने सरकारी र सामुदायिक प्रचलन थियो भने प्रत्येक गाउँ टोलहरुमा उत्साजनक ढङ्गबाट दुर्गा माताको गाजाबाजा सहित मुर्ती स्थापना र पुजापाठ गरिन्थ्यो ।

यो दशैँमा त्यस्तो हुन सकेन । बिभिन्न देशमा रहेका नेपालीहरु दशैँ मनाउन घर फर्किन लामलस्कर हुन्थ्यो भने देशभित्र पनि बिभिन्न कामकाजमा गएकाहरु आउथे, घर आउने उत्साहत हुन्थ्यो, यो दशैँमा त्यस्तो आवतजावत हुन सकेन किनकी मानिसहरु कोरोनाको जोखिम हुने र आईसकेपछि पनि चौध दिन क्वारिन्टाइन बस्नुपर्ने बाध्यतात्मक अवस्था रहेको छ ।

शहर बजारहरुमा पनि दशैँको लागी किनमेल गर्नेहरुको भिड हुन्थ्यो भने यस बर्ष हुन सकिरहेको छैन । मानिसहरुले लकडाउनको कारण रोजगारहरु गुमाउनुका साथै बिभिन्न क्षेत्रमा आर्र्थिक कृयाकलापहरु संचालन हुन सकेनन् ।

यहाँ भन्न खोजेको कारण के हो भने हिजोका दिनहरुमा जसरी बडा दशैँ हर्ष उल्लाहका साथ मनाईन्थ्यो त्यस्तो त हुँदैन बरु आफ्नो संस्कृतिलाई बचाई राख्न हामी सरकारले जारी गरेको सिमा भित्र रहेर सामाजिक दुरी कायम गर्दै कोरोना भाईरसका बिरुद्ध संघर्ष गर्दै एकआपसमा खुशी बाड्नु पर्छ ।

कोरोना संक्रमितहरुको परिवारमा आएको निराशा, मृतकका परिवारमा देखिएको वेदना र रोग लाग्छ कि भनेर तर्सिरहेका आत्माले हिजो जस्तै हर्ष उल्लाहका साथ रमाईलो चटकभटक गरेर बडा दशैँ पक्कै पनि मनाउने र खुशि ब्यक्त हुने छैन ।

बरु शोक र त्रासलाई शक्तिमा बदल्ने अठोट गर्ने एकताबद्ध भएर जति सकिन्छ त्यति खुशि बाँडौं । जो हामीले बडा दशैँको खुशि बाड्दा कोरोना तर्क लियोस बरु कोरोनालाई कमजोर बनाउन र नियन्त्रण गर्न मद्दत पुग्ने गरी बडा दशैँ मनाउँ ।

परिस्थिति एकै भइरहन सक्दैन यो दशैँ कोरोना बिरुद्धको संघर्षमा बिजयी हुने संकल्पका साथ मनाउ । फेरी पनि कोरोनाबाट बचौ अर्को बर्ष पनि दशैँ आउने नै छ, आशा गरौँ त्यतिबेला सम्म विश्वले कोरोना जिति सकेको हुनेछ ।

त्यो बिजयको बडा दशैँ पक्कै पनि हर्ष उल्लाहका साथ मनाउँला । कोरोनाको संक्रमणबाट मृत्युवरण गर्ने सबैजना प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तब्ध परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछु ।

संक्रमित बिरामीलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भने जसले कोरोना जस्तो महामारीलाई जित्न सफल हुनुभएको छ उहाँहरुलाई हार्दिक बधाई ।

जिवनलाई हत्केलामा राखेर बिरामीलाई उपचार गर्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मी र जोखिमपुर्ण अवस्थामा खटिनुहुने सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, बिभिन्न तहका सरकार समाजसेवी, संघ–संस्था सबंैलाई हार्दिक धन्यबाद छ ।

कोरोनाका बिरुद्ध संघर्ष गर्दै बिजयी हाँसिल गर्ने संकल्प सहितको दशैँको सम्पुर्ण नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबामा २०७७ सालको बडा दशैँको हार्दिक शुभकामना ।

लेखक
समाजसेवी तथा ब्यवासायि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय रअ का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओली बीच शिष्टाचार भेट

२०७७ कार्तिक ६, बिहीबार १३:५१
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन […]

सम्बन्धित समाचार