एजेन्सी ।
भारतको चन्द्रयान–३ मिसनको सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पु¥याएको छ ।
प्रक्षोपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताउनुभएको छ । इसरोले गरेको प्रत्यक्ष प्रसारणका क्रममा बोल्दै सोमनाथले भन्नुभयोे, ’हाम्रो एलभीएम ३ ले चन्द्रयान ३ लाई पृथ्वीको कक्षमा पु¥याएको छ ।
अबको केही दिनमा चन्द्रयान–३ पृथ्वीको कक्ष हुँदै चन्द्रमाको कक्षतिर जाने छ ।’ इसरोका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ । सही समय र अनुकुलन अवस्था भएपछि चन्द्रयानको रोभरलाई चन्द्रमामा अवतरण गराउने इसरोले जनाएको छ ।
चन्द्रयान–३ मिसनमा चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाको पनि अध्ययन यो मिसनमा हुँदै छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अगस्ट २३ मा अवतरण गराउने इसरोको योजना छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन् । चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ ।
यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसन लगायत सबै किसिमका कमजोरी अध्ययन गरिएको छ । चन्द्रयान–३ लाई पृथ्वीको कक्षसम्म पु¥याएको इसरोको एलभीएम ३ रकेट ४३.५ मिटर अग्लो छ । यसलाई ‘फ्याट ब्वाई’ नामले समेत चिनिन्छ ।
यो भारतको सबैभन्दा ठूलो र धेरै भार बोक्न सक्ने रकेट हो । यसले यसअघि ६ वटा मिसन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । भारत मंगल ग्रहको कक्षमा पुग्ने पनि चौथो मुलुक हो । उसले सन् २०१४ मा आफ्नो मंगलयान मंगल ग्रहमा पु¥याएको थियो ।
विभिन्न सञ्चारमाध्यमको सहयोगमा