इजरायल घटना : सरकारद्वारा मंगलबार राष्ट्रिय शाेक घाेषणा

  ।   २०८० आश्विन २३, मंगलवार ०९:१०

नेपालगन्ज । दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्युु भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न सरकार राष्ट्रिय शाेक घाेषणा गरेकाे छ ।

असोज २३ ( भाेली) का लागि सरकारले राष्ट्रिय शोक घोषणा गरेकाे हाे । साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निणर्णय गरेकाे हाे ।

यस्तै परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने निणर्णय भएकाे सरकारले जनाएकाे छ ।यसैगरी यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने र उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने भनिएकाे छ ।इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पनि सरकारले जनाएकाे छ ।

इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने र स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने भनेकाे छ । अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय भएकाे एक मन्त्रीले बताउनु भएको छ ।

इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निणर्णय पनि सरकारले जनाएकाे छ । इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने भएकाे छ । इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने सरकारले जनाएको छ ।

Next Post

विद्यार्थी जोगाउन खोज्दा लुम्बिनीका अर्थमन्त्री मास्की चढेको गाडी झाडीमा

२०८० आश्विन २३, मंगलवार ०९:१०
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दाङ्गमा दुर्घटनामा परेको थियो । मन्त्री मास्की सवार गाडीतर्फ एक विद्यार्थी एक्कासी दौडिएर आएपछि ति विद्यार्थीलाई जोगाउनका लागि चालकले गाडी झाडीतर्फ मोडेपछि दुर्घटनामा परेको मन्त्रीका प्रेस संयोजक दिपक बोहराले जानकारी दिनु भएको छ। प्रेस संयोजक दिपक बोहराले मङ्गलबार एक […]