विद्यार्थी जोगाउन खोज्दा लुम्बिनीका अर्थमन्त्री मास्की चढेको गाडी झाडीमा

  ।   २०८० आश्विन २३, मंगलवार १०:४६

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दाङ्गमा दुर्घटनामा परेको थियो । मन्त्री मास्की सवार गाडीतर्फ एक विद्यार्थी एक्कासी दौडिएर आएपछि ति विद्यार्थीलाई जोगाउनका लागि चालकले गाडी झाडीतर्फ मोडेपछि दुर्घटनामा परेको मन्त्रीका प्रेस संयोजक दिपक बोहराले जानकारी दिनु भएको छ।

प्रेस संयोजक दिपक बोहराले मङ्गलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो साढे ४ बजेतिर मन्त्री मास्की दङ्गगीशरण गाउँपालिकामा भएको कार्यक्रम सकेर मन्त्रालयतर्फ फर्कने क्रममा मन्त्री सवार गाडीतर्फ एक विद्यार्थी एक्कासी दौडिएर आएपछि ति विद्यार्थीलाई जोगाउनका लागि चालकले गाडीलाई झाडीतर्फ मोड्दा दुर्घटनामा परेको जनाउनु भएको छ ।

दुर्घटनामा परी मन्त्री मास्की, स्वकीय सचिव शम्भु रेग्मीसहित सचिवालयका पाँच जनालाई सामान्य चोटपटक लागेको र उहाँहरु सवैको स्वास्थ्य अबस्था सामान्य रहेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा विद्यालयको बसबाट विद्यार्थी झार्ने क्रममा बसका कर्मचारी र बालबालिकाका अभिभावकलाई विशेष ध्यान दिन अनुरोध गरिएको छ । गाडीका चालकले आफ्नो ज्यान नै धरापमा पारेर सावधानीपूर्वक गाडीलाई झाडीतिर मोडेर सम्भावित अप्रिय घटना हुनबाट बचाएको उल्लेख गरिएको छ ।

विद्यार्थीलाई बसमा चढाउँदा, झराउँदा, सडक वारपार गराउँदा बसका चालक, कर्मचारी तथा बालबालिकाका अभिभावकहरुलाई सावधानी अपनाउन विज्ञप्तीमा अपिल गरिएको छ ।

अर्थमन्त्री मास्की सवार लु१झ ७३८ नम्बरको गाडी सोमबार दाङमा सडकबाट झागीतर्फ गएर दुर्घटनामा परेको थियो ।

Next Post

बाँकेको खजुरामा किसानलाई प्रोत्साहन भत्ता

२०८० आश्विन २३, मंगलवार १०:४६
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएको छ । भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको हो । खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९–८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर […]